अमेरिकाले नेपालीसँग लिँदै आएको भिसा शुल्क घटाउने भएको छ।

भिसा प्रोसेसिङका नाममा लिँदै आएको थप दुई सय डलर नलिइने भएको हो।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

गृह मन्त्रालयका अनुसार अमेरिका जाने नेपाली विद्यार्थीले ३६० डलर र पर्यटकले २२० डलर तिर्दै आएका थिए।

अब १६० डलर मात्रै तिर्नुपर्ने गरी समझदारी भएको छ। यो खबर आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ।

‘अमेरिकाले भिसा प्रोसेसिङका लागि लिँदै आएको थप दुई सय डलर हटाउन आग्रह गर्ने प्रस्ताव मन्त्रिपरिषदमा पुगेको छ,’ अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले भने, ‘यसमा अमेरिकी पक्ष सकारात्मक छ।’