दमक । झापाको दमकमा आफ्नो फरक पहिचान बनाएको झपाा मोडल स्कूल ( जेम्स ) का विद्यार्थीहरु सामाजिक कार्यमा समेत जुटेकाछन् । पढाइसंगै सामाजिक बनाउन जेम्सले बिभिन्न कार्यक्रमहरु सञ्चालन समेत गर्दै आएको छ ।
दमकमा उत्कृष्ठ नतिजासंगै उत्कृष्ठ कामहरुमा बिद्यार्थीहरुलाइ उभ्याएको जेम्सले बुधबार एक कार्यक्रमबीच दमक २ लमा निर्माणको अन्तिम चरणमा पुगेर सञ्चालनमा आउन लागेको हाम्रो बालश्रमलाइ यस स्कूलका बिद्यार्थीहरुले र स्कूलले समेत सहयोग गरेको छ ।
बिद्यार्थीहरुले गत तिहारलाइ लक्षित गरेर रोपेको सयपत्री फुलको बिक्रीबाट उठेको रकम २६ हजार २५ रुपैया र यसमा यति नै रहम थपेर ५२ हजार ५० रुपिया हाम्रो बालश्रमलाइ प्रदान गरिएको जनाइएको छ ।
उक्त रकम हस्ताण्तरण कार्यक्रममा बोल्दै दमक नगरपालिकाका उपप्रमुख गीता अधिकारीले बालबालिकाको यस प्रकारको सामाजिक भावाना कदरयोग्य भएको बताइएकी थिइन् ।
सहयोग रकम आश्रमका सञ्चालक समितिका अध्यक्ष प्रकाश थापाले बुझ्दै यस प्रकारको सहयोगले आफुहरुलाइ थप हौसला भएको बताएका थिए ।
स्कुलका संस्थापक प्रिन्सीपल सागर श्रेष्ठका अनुसार बिद्यार्थीहरुको इच्छा अनुसार हाम्रो बालश्रमलाइ सहयोग गरिएको हो । उनिहरु आफै फुल रोपेर उक्त फुल अभिभावकलाइ बिक्री गरेर सहयोग जुटाएको पनि उनले जनाए ।
विद्यार्थी आरजु खड्काले स्वागत मन्तव्य राखेका औपचारिक कार्यक्रममा नगर उपप्रमुख अधिकारी,वडाध्यक्ष सापकोटा, रोटरी अध्यक्ष ढकाल, इन्ट्राक क्लव अफ जेम्सका अध्यक्ष शुभम राय, विद्यार्थीहरु विकल्प अधिकारीलगायतले वोलेका थिए ।



