दमक । लामो समयको अन्तरालपछि यो बर्षको एउटा महत्वपुर्ण कामको रुपमा दमक जेसिजले ‘रुपाण्तरण’ ल्याएको छ । जेसिजका आरोहअवरोहहरुलाइ समावेश गर्दै रुपान्तरण नामक स्मारिकाको बिहिबार एक कार्यक्रमबीच बिमोचना भएको छ ।
दमक नगरपालिकाकी उपप्रमुख गीता अधिकारीले स्मारिकाको बिमोचन गरेकीहुन् । उनले जेसिजले युवाहरुलाइ ब्याक्तित्व र नेतृत्व विकासका लागि खेलेको भूमिका महत्वपुर्ण भएको बताइन् । उनले जेसिजले गरेका गतिबिधिहरुको पनि प्रशंशा गरेकी थिइन् ।
दमक जेसिजका अध्यक्ष चन्द्र खत्रीका अनुसार नेपाल जेसीजको आसन्न महाधिबेशनलाई लक्षित गरेर दमक जेसीजले गतिविधिमूलक स्मारिका प्रकाशन गरिएको जनाए । स्मारिकाका सम्पादक रामचन्द्र अधिकारीले सजिलो काम नभएपनि यो जिम्मेवारी पुरा गर्न पाएकोमा खुसि लागेको बताएका थिए । दमक जेसीजले सन् २०१० मास्मारिका प्रकाशन गरपनि त्यसपछि प्रकाशन हुन सकेको थिएन ।
नेपाल जेसीजका निर्वतमान अध्यक्ष प्रकाशप्रसाद अधिकारी, दमक जेसीजका संस्थापक सदस्य पदम कोइराला, दमक जेसीजका पूर्व अध्यक्ष घनश्याम कोइरालालगायतले स्मारिकाको महत्वका माथि चर्चा गर्दै यस कामको प्रशंशा गरेका थिए ।
जेसिजले आफ्नै सुविधासम्पन्न तालिम हल बनाइरहेको र रचानत्मक कामहरु गरेको भन्दै यो बर्ष ऐतिहासिक बर्ष भएको भन्दै कार्यक्रममा चर्चा समेत भएको थियो । अध्यक्ष खत्रीको खुलेर प्रशंशा गरिएको थियो ।



