दमक/दमकमा बिकासका ठूला सपना बाँडेको तर बिकासको काम केहि नभएको भनेर आलोचना भइरहेका बेला दमकका लागि नै ठूलो महत्व बोकेको बुद्धपूर्तिको बिस्तृत परियोजना बिवरण अर्थात डिपिआर सार्वजनिक भएको छ । यस अन्र्तगत ‘दमक बिराटन बुद्ध भिलेज’ को बिस्तृत बिवरण सार्वजनिक गरिएको छ । दमकमा यो अहिलेसम्मकै सबैभन्दा महत्व बोकेको योजनाको रुपमा हेरिदै आएको थियो ।
संसारकै अग्लो बुद्धमुर्ती सहितको पार्क निर्माणका लागि एउटा आधार तयार बन्दै गएको दमक नगरपालिकाका कार्यकारी अधिकृत युवराज दाहालले बताएकाछन् । बुद्धमूर्ति सहितको पार्कको बिस्तृत परियोजनाको बिषयमा भएको छलफल कार्यक्रममा उनले अब अब निर्माण प्रकृया शुरु हुने आधार तय बन्दै गएको जनाए ।
५ सय ४० फिटको बुद्ध मूर्ती र त्यसको आसपासमा पार्क रहनेछ । मल्टि डिसिप्लिनरी कन्सल्ट्याण्ट, डिजाईन कन्सल्ट्याण्ट र ए नट आर्टीटेक्चरले बिस्तृत परियोजना विवरण तयार पारेका हुन् । बुद्धमूर्तीको आधार ३ बिगाहभन्दा बढि जमिनमा फैलने छ । यो संगै बुद्ध भिलेज ३६ बिगाहामा रहने बताईएको छ । यसको लागत अनुमान १५ अरब भन्दा बढि रहेको छ । यसमा ६ अरब मुर्ति बनाउन लाग्नेछ ।
दमकमा बिश्वको अग्लो बुद्ध मूर्ति, औधोगिक पार्क, र भ्यू टावरलाई सबैभन्दा ठूलो महत्वको योजनाको रुपमा लिईएको छ । यसमा बुद्ध मूतिए निर्माणको काम भने अघि नबढेको भन्दै कतिपयले बिकासका ठूला योजना ल्याईएको तर कार्यन्वयन भने फिट्टो नभएको भन्दै आलोचना गर्दै आएका थिए ।
डिपिआर तयार भएपछि बजेटको अभाव नहुने र यो निर्माणको काम तिब्र गतिमा अघि बढ्ने बताईदै आएको छ । चीन सहित बिभिन्न देशका लगानीकर्ताहरु आएर बौद्धमूर्ति निर्माण स्थलको अवलोकन समेत गरिसकेकाछन् । यस क्षेत्रका साँसद, नेकपा एमालेका अध्यक्ष, पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले यो परियोजनालाई आफ्नो महत्वपूर्ण परियोजनाको रुपमा लिएको बताउदै आएकाछन् । —बिष्णुप्रसाद पोखरेल
दमकमा १५ अरबभन्दा बढिको लगानीमा ‘बुद्ध भिलेज’ बन्ने
सवाल नेपालसंवाददातामंगलबार, २३ माघ २०७३

दमकमा १५ अरबभन्दा बढिको लगानीमा ‘बुद्ध भिलेज’ बन्ने
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण

यो पनि पढ्नुहोस् »
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३
नेपालमा उच्च रक्तचापका बिरामीको संख्या बढ्दै
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाइने
बुधबार, १३ जेठ २०८३



