काबुल। संसारभरमा सैनिकका कैयौं यस्ता जांबाज सिपाहीहरु छन् जसको बहादुरीको कथा सुन्दा हामी दंग पर्छौं । यस्तै अविश्वसनीय कहानी छ अमेरिकी सेनाका एक जवानको जसले एउटै गोलीले एकसाथ ६ आतंकवादी मारेका थिए । उनले एक किलोमिटरको दूरीबाट यति सटिक निशाना लगाए कि सबै ६ आतंकवादीको एउटै चिहान भयो । ती जवानले २०११३ मा अफगानिस्तानमा गरेको अविश्वसनीय बहादुरीको घटना अमेरिकी सेनाले अहिले सार्वजनिक गरेको हो ।

२०१३ मा अमेरिकी सेना अफगानिस्तानमा तैनाथ गरिएको थियो । त्यहाँ सेना कैयौं आतंकवादीलाई रोक्ने काममा लागेको थियो । यही अपरेशनको क्रममा दक्षिण अफगानिस्तानको ककारनको एक पहाडमा अमेरिकी सेनाका एक स्नाइपर तैनाथ थिए । उनी जहाँ थिए त्यहाँबाट करिब १ किलोमिटर टाढा ६ जना आतंकवादी थिए जो उनी भएतर्फ बढ्दै थिए । पहाडमा सुतेर पोजिशन लिएका ती स्नाइपरले बन्न्दुकको टेलिस्कोपबाट देखे कि एक आतंकवादीले सुसाइड ज्याकेट लगाएका थिए ।

स्नाइपरले बुझिसकेका थिए कि उनले ती आतंकवादीलाई तत्काल नरोक्ने हो भने उनका सैनिक साथीहरुको ज्यान खतरामा पर्नेछ । २० वर्षका यी जवानले देखे सबै ६ आतंकवादीको हातमा मेसिनगन पनि थियो । विशेषज्ञका अनुसार यति दूरीबाट सही निशाना लगाउनु निकै कठिन काम हो । यो काम अझै कठिन त्यतिबेला हुन्छ जब टार्गेट हल्लिरहेको हुन्छ । यहाँ त्यस्तै थियो, ती आतंकवादीहरु हिँडिरहेका थिए । स्ननाइपरले आफ्नो पूरा ध्यान केन्द्रित गरेर हेर्दा आतंकवादीको सुसाइड ज्याकेटमा एउटा बटन देखे ।

स्नाइपरले बुझे, त्यो बटन ज्याकेटमा लगाइएको बमसँग जोडिएको थियो । ती आतंकवादीले त्यही बटन दबाएर आतंकवादी हमला गर्ने तयारीमा थिए । स्नाइपरले यति सटिक निशाना लगाए कि गोली ठिक त्यही बटनमा लाग्यो । बटनमा गोली लाग्नासाथ भयानक विष्फोट भयो र सबै ६ जना आतंकवादीको एउटै चिहान भयो । अमेरिकी सेनाका अनुसार २० वर्षका ती सैनिक जवानले संसारकै सबैभन्दा शक्तिशाली स्नाइपर राइफल L115A3 को प्रयोग गरेका थिए । अमेरिकी सेनाका अनुसार यी जवानले यसअघि पनि करिब डेढ किलोमिटर टाढाबाट एक आतंकवादीलाई मारेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah