दमक/कोसी राजमार्ग अन्तरगत विराटनगरको बरगाछीमा बिहीबार साँझ भएको मोटरसाइकल दुर्घटनामा मृत्यु भएकी दमक बहुमुखि क्याम्पसमा स्नातक तहमा अध्ययनरत मोरङको पथरीशनिश्चरे नगरपालिका–१० की २२ वर्षीय हिमा कार्कीको सम्झनामा आज दमक बहुमुखि क्याम्पसले शोक बिदा दिएकोक छ । बिष्टको दुर्घटनामा परेर घटनास्थलमै मृत्यु भएको थियो ।
बिराटगरबाट पथरीशनिश्रचेस्थित घरतर्फ फर्कँदै गरेको अवस्थामा दुर्घटनामा परेको प्रहरीले जनाएको छ । आफ्नै श्रीमानले हाँकेको को २८ प ३८५६ नम्बरको मोटरसाइकल दुर्घटना भएको थियो ।
मोटरसाइकल सडकको बीचमा लेन छुट्याउन राखिएको डिभाइडरमा ठोक्किएको र मोटरसाइकलको पछाडि सवार हिमा उछिट्एर सडकमा गुडिरहेको नेपाल आयल निगमको ना ७ ख ४६२३ नम्बरको ट्यांकर मुनि पुग्दा ट्यांकर किचेर हिमाको मृत्यु भएको बताइएको छ ।




