मेक्सीकोमा हेलिकोप्टर दुर्घटना हुँदा पुयब्ला राज्यका गभर्नरसहित ५ जनाको ज्यान गएको छ । गभर्नर मार्था इरिका अलोन्सो र उहाँका श्रीमान राफेल मोरिनो भल्लासहित ५ जनाको ज्यान गएको अन्तराष्ट्रिय संचार माध्यमले जनाएका छन् ।

पुयब्लाको पहिलो महिला गभर्नर मार्थाले कार्यभार सम्हालेको १० दिनमात्र भएको थियो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

संघीय सांसदसमेत रहेका मार्थाका श्रीमान राफेलले पुयब्लामा सन् २०११ देखि २०१७ सम्म गभर्नरको रुपमा काम गर्नुभएको थियो । उहाँलाई राष्ट्रपतिको उम्मेदवारको रुपमा पनि हेरिएको थियो ।