दमक /नेपाल राष्ट्रिय उद्योग बाणिज्य संगठन दमक र नेपाल रष्ट्रिय बाणिज्य संघ दमक नगर समितिको ससंयुक्त आयोजनामा झापा र इलामको सगम स्थल चपेटीमा बनभोज एवं ब्यवसायीक हितको बिषयमा छलफल हुने भएको छ । शुक्रबार भोली हुने कार्यक्रमको भब्य तयारी भएको र ४ सयभन्दा बढि ब्यापारी सहभागि हुने जनाईएको छ ।
तत्कालिन नेकपा एमाले र माओबादी केन्द्र पार्टी एकतापछि दुइपार्टीका संगठनहरुले दमकमा एकसाथ कार्यक्रम गर्न लागेको यो पहिलो भएको बताइएको छ । कार्यक्रम संयोजक राम रिमालका अनुसार ब्यवसायीहरुबीच भाइचारा बिस्तारका लागि यो कार्यक्रम महत्वपुर्ण हुने अपेक्षा लिइएको छ ।



