दमक/झापाको दमकमा भोली मंगलवार विहान ७ बजे दमक चोकमा राष्ट्रिय टोपी दिवस मनाउने भएको छ ।
मौलिक पहिचान र सस्कृती बोकेको टोपी दिवसलाइ राष्ट्रियतासंग जोडिएकाले आफुहरुले मनाउन लागेको संघका बरिष्ठ उपाध्यक्ष बिमल खतिवडाले बताए ।
गतबर्ष देखि दमकमा टोपी दिवस मनाउन शुरु गरिएको हो । जनवरी १ का दिन राष्ट्रिय टोपी दिवस मनाउने गरिएको छ ।




