दमक/दमक जेसिज सन् २०१९ का लागि तालिम निर्देशकमा दमकका लोकप्रीय युवा ब्यवसायी रमेश लुइटेल निर्विरोध बन्ने भएकाछन् ।

हिजो सोमबार भएको मनोनयनमा उनको मात्र उम्मेदवारी परेपछि उनि निर्विरोध बन्ने भएकाहुन् । दाबीबिरोध बाँकी रहेको र उम्मेदवारहरुको अन्तिम नामवली प्रकाशन गर्न बाँकी रहेकाले घोषणा भने नभएको जनाईन्छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

लुइटेल अहिले दमक जेसिजको उपाध्यक्ष रहेकाछन् ।

दमक जेसिजको नयाँ नेतृत्वका लागि अध्यक्षमा ५ जना, कार्यककरिणी उपाध्यक्षमा ३ जना, उपाध्यक्षमा ५ जना, जनसम्र्पक अधिकारीमा २ जनाको उम्मेदवारी परेको निर्वाचन प्रमुख आयुक्त सन्तोष अधिकारीले बताउनु भयो ।

आज देखि उम्मेदवारहरुको तालिम र २० गते निर्वाचनको कार्यक्रम रहेको छ ।