काठमाडौं- मलेसियामा स्वदेशी तथा विदेशी कामदारले सामान्य खाजाघर र रेस्टुरेन्टमा चुरोट तान्न निषेध गरिएको छ। मलेसिया सरकारले जनवरी १ गतेदेखि लागू हुने गरी खाजा खाने ठाउँमा चुरोट तान्न बन्द गरेको हो।

सार्वजनिक ठाउँमा चुरोट तान्दा बालबालिका र गर्भवती महिलासहित धेरैलाई नकारात्मक असर पर्ने भन्दै मलेसिया सरकारले चुरोट पिउन प्रतिबन्ध लगाएको मलेसियाली अनलाइन द स्टारले समाचार संप्रेषण गरेको छ।

प्रतिबन्ध लगाएको क्षेत्रमा चुरोट तानेको पाएमा १० हजार रिंगिट जरिवाना अथवा २ वर्ष जेल बस्नुपर्ने कानुनी व्यवस्था गरिएको छ। १० हजार रिंगिट बराबर करिब ३ लाख नेपाली रुपैयाँ हुन आउँछ।

सुरुका ६ महिनासम्म प्रचारप्रसार गरिने, चुरोट खाएको भेटिए सम्झाउने तर पटक-पटक दोहोर्‍याए उनीहरुको विवरण राखिने सञ्चारमाध्यमले जनाएका छन्। यसर्थ सो कानुन नयाँ वर्ष २०१९ को सुरूबाटै कार्यान्वयनमा आएपनि सुरुका ६ महिना जेल र जरिवाना नलाग्ने बताइएको छ। प्रतिबन्ध लगाइएका ठाउँबाट तीन मिटर परसम्म यो नियम लागू हुने द स्टारले लेखेको छ।

मलेसियाका स्वास्थ्यमन्त्री जुक्लिफी अहमदले प्रभावकारी रुपमा यो कानुन कार्यान्वयन गर्न जनचेतना मूलक कार्यक्रम सञ्चालन गरिने बताएका छन्। जसका मलेसिया सरकारले कडा निगरानी गर्ने उनले बताएका छन्।

यस्तै रेस्टुरेन्टहरुले चुरोट खाने अनुमति दिएको पाइए उनीहरुलाई समेत २ हजार ५ सय रिंगिट जरिवाना गरिने जनाइएको छ। खाजाघर तथा रेस्टुरेन्टले धुमपान गर्न मनाही गरिएको सन्देश दिने चित्र प्रष्ट रुपमा देखिने गरी राख्नुपर्ने छ।

प्रतिबन्ध लगाइएका ठाउँमा चुरोटसँगै हुक्कालगायत निकोटिनजन्य पदार्थ पनि खान पाइने छैन।

पछिल्लो समय मलेसिया सरकारले मद्यपान र ध्रुमपानमा कडाइ गर्न थालेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah