पुस १९, २०७५
काठमाडौं – कैलालीको टीकापुर हत्या काण्डमा मुछिएका राजपा नेता रेशम चौधरीले प्रतिनिधिसभा सदस्यको शपथ लिएका छन् ।

गतवर्ष भएको प्रतिनिधिसभा निर्वाचनमा कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित चौधरीले सभामुख कृष्णबहादुर महराबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।

चौधरीले थारु भाषामा शपथ लिएका छन् । शपथका लागि उनलाई डिल्लीबजार कारागारबाट सिधै सिंहदरबारस्थित संसद् सचिवालय लगिएको थियो ।

२०७४ सालको मंसिरमा भएको निर्वाचनमा निर्वाचित भएपनि चौधरीलाई शपथको साइत भने करीब १३ महिनापछि मात्र जुरेको छ ।

टीकापुर प्रकरणमा प्रतिवादी रहेकै अवस्थामा चौधरीले प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दर्ता गरेका थिए । निर्वाचनको बेला भारतमा भूमिगत रहेका चौधरी निर्वाचनमा विजयी भएपछि आफूविरुद्धको मुद्दाको प्रतिवाद गर्न कैलाली जिल्ला अदालतमा उपस्थित भएका थिए ।

कैलाली जिल्ला अदालतले चौधरीलाई मुद्दाको पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।लोकान्तर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय