दमक/झापाको दमक स्थित रतुवा खोला दमको फोहोर फ्याल्ने डम्पिङ साइडमात्र नभएर अहिले मरेका तथा असुरक्षित गर्भपतन गराएर नवजात शिशु फ्याक्ने स्थलको रुपमा देखिएको छ । त्यतिमात्र नभएर अस्पताल तथा क्लिनिकहरुले पोको पारेर सिरिन्ज लगायतका अस्पतालजन्य घातक सामाग्रिहरु पनि यहि फ्याकिनाले यसको प्रत्यक्ष मार स्थानीय र किसानले भोगिरहेकाछन् । बर्षाद्को समयमा पानी परेपछि उक्त सामाग्रिहरुको किसानको खेतखेतमा पुगेर जोत्दा र रोप्दा घाँउ नै घाउ बनाएर किसान खेत बाहिर निस्कनु पर्ने अवस्थामात्र छैन नवजात शिशुहरुको सढेको शरिर तथा अस्थिपञ्जर देखेर कतिपय महिलाहरु कयौ रात सुत्न सक्दैनन् । दमक १३, १८, १९ लगायतका रतुवा खोला आसपासका किसानहरुको यो समस्या हो । स्थानीय डिल्लिराम न्यौपानेका अनुसार खेतमा सिरिन्ज र अस्पतालजन्य नसड्ने फोहोरहरु खेतमा भेटिन्छ । यसले आफूहरुलाई बर्षौदेखि हैरान बनाएको र बारम्बार यस बिषयमा सम्बन्धित निकायहरुको ध्यानकर्षण गराउदा पनि सुनुवाइ भएको छैन । खेतमा नयाँ मान्छे आउदा सिरिन्ज नै फलेजस्तो अवस्था देखिने गरेको समेत उनको भनाई रहेको छ । अस्पताल र क्लिनिकले रतुवा आसपासका खेतबारीहरुलाई सिरिन्ज फल्ने खेत बनाए पनि न नगरपालिकाको ध्यान गएको छ नत अन्य कुनै निकायको भनेर पीडितहरु गुनासो गर्छन् । दमक १२ का सामाजिक अगुवा श्याम कार्कीका अनुसार सुकुम्बासी बस्ति नजिक खोलामा फोहोर फ्याकिनेृ र यहाँ सिनोले गन्याएर बसिनसक्नु हुने बताउछन् । नवजात शिशुका मृत शरिर कहिलेकाहि कुकुरले टोक्दै गाँउमा ल्याएका घटनासम्म देखेको भन्दै यस्तो कार्य रोक्न बारम्बार पहल गरेको उनि सुनाउछन् ।
दमकमा अस्पताल र क्लिनिकले बनाउदैछन् ‘सिरिन्ज फल्ने खेत’
सवाल नेपालसंवाददाताशुक्रबार, २६ माघ २०७३

दमकमा अस्पताल र क्लिनिकले बनाउदैछन् ‘सिरिन्ज फल्ने खेत’
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण

यो पनि पढ्नुहोस् »
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३
नेपालमा उच्च रक्तचापका बिरामीको संख्या बढ्दै
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाइने
बुधबार, १३ जेठ २०८३



