भर्खरै पाडाजुंगी सडक खण्डको दहिचोकमा दुर्घटना
दमक/झापाको कमल गाँउपालिका वडा नं. ६ दहिचोक नजिकै अहिले भर्खरै साढे ७ बजे दुर्घटना भएको छ ।
मोटरसाइकलले पैदलयात्रीलाइ ठक्कर दिदा पैदलयात्री गम्भिर घाइते बनेकाछन् ।
स्थानीयले तत्कालै सिटी सफारीमा हालेर घाइतेलाइ उपचारका लागि दमकतर्फ पठाएकाछन् ।
घटनास्थलमा रगत बगेको छ । घाइतेको टाँउकोमा चोट लागेको प्रत्यक्षदर्शीहरुले जनाएकाछन् ।
घाइते तथा घटनाको विस्तृत विवरण आएको छैन ।




