दमक /झापाको दमकमा आउदो माघ तेस्रो सातादेखि शुरु हुने प्रदेश स्तरीय वालमहोत्सवको भब्य तयारी भइरहेको छ ।

महोत्सव मुल आयोजक समिति तथा उप समितिहरुले सक्रियता बढाएकाछन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

दमक नगरपालिका उपप्रमुख गीता अधिकारीका अनुसार वालमहोत्सवलइ सफल बनाउनका लागि अहिले दमक नै लागेको छ ।

सामुहिक भावानाका साथ सबैले साथ दिइरहेको उनले बताइन् ।

महोत्सव मुल आयोजक समिति सदस्य सचिब डम्बर बरालका अनुसार स्थानीय सरकारहरुसंग समन्वय गर्नका लागि त्यहाँ जाँदा उहाँहरुमा समेत उत्साह देखिएको छ ।

महोत्सवलाइ सफल बनाउन झापा र बाहिरका स्थानीय सरकारका पदाधिकारीहरुले प्रतिबद्धता जनाएको उनले बताए ।