३३ हजार ३ सय ७७ घरपरिवारका १ लाख ५० हजार ३ सय ६ जना नागरिकहरु स्वास्थ्य बिमामा जोडिएको दर्ता अधिकारी लक्ष्मी कडेलले बताइन् 

दमक/झापाको दमकमा आज विहिबारदेखि स्वास्थ्य बीमाका दर्ता सहयोगीहरुका लागि पुर्नताजगी तालिम शुरु भएको छ ।  दमकको लाइफलाइन अस्पतालमा पुर्नताजगी तालिम शुरु भएको हो ।

स्वास्थ्य बीमा बोर्डको आयोजनामा भएको पुर्नताजगी तालिममा प्रादेशिक स्वास्थ्य बीमा कार्यालयका प्रमुख महेश पोखरेल, कार्यालयका दुर्गाप्रसाद आचार्य, हिरा शाह, ओमनाथ लामिछाने, जिल्लास्थित कार्यालयका दिलिप पोखरेल, लक्ष्मी कडेल र पुष्पराज भट्टराईले सहजीकरण गर्दैछन् ।

तालिमको औपचारिक उद्घाटन कार्यक्रममा लाइफलाइन अस्पतालका मेडिकल डाइरेक्टर डा.मुक्तिनाथ भट्टराइले स्वास्थ्य बीमा कार्यन्वयनमा अस्पतालमा हुने समस्याहरुको बिषयमा भनाइ राखेका थिए ।

झापामा १ सय ९८ जना दर्ता सहयोगीहरु रहेकाछन् । ३३ हजार ३ सय ७७ घरपरिवारका १ लाख ५० हजार ३ सय ६ जना नागरिकहरु स्वास्थ्य बिमामा जोडिएको दर्ता अधिकारी लक्ष्मी कडेलले बताइन् ।

स्वास्थ्य बिमा कार्यक्रम झापामा गतबर्षदेखि शुरु भएको हो । वैशाख, जेठ र असारमा दर्ता गरेकाले भदौदेखि सुविधा पाउने छन् । साउन, भदौ, असोजमा बिमा दर्ता गराएकाले मङ्सिरदेखि सुविधा पाउने छन् । त्यस्तै कात्तिक, मङ्सिर, पुसमा बिमा गराएकाले फागुनदेखि र माघ, फागुन, चैत महिनामा बिमा दर्ता गरेकाहरूले जेठदेखि सुविधा पाउने बताइएको छ ।

स्वास्थ्य बिमाका लागि पाँच जनासम्मको परिवारले वार्षिक दुई हजार ५ सय रुपैयाँ तिर्नु पर्नेछ भने एक वर्षसम्म बिमा गरेको परिवारको सदस्यलाई ५० हजारसम्मको स्वास्थ्य सेवा (उपचार, निदान र औषधि) प्रदान गरिने छ । ५ जना भन्दा बढि सदस्य भएको परिवारले १ व्यक्ति वरावर थप ४ सय २५  बढी तिरेर विमा सदश्य बन्ने र थप १० हजारको हजार बराबरको निःशुल्क उपचार सेवा लिने व्यवस्था छ । तर, त्यस्तो सेवा भने समितिले तोकेको स्वास्थ्य संस्थाबाट मात्रै लिन सकिने छ ।

सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिले २०७२ चैत २५ देखि कैलाली बाटै यो कार्यक्रम सुरु गरेको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah