शुक्रबार बिद्यार्थीहरुले दमकमा यातायात मजदूर कुटेर घाइते बनाएको भन्दै यातायात मजदूरहरुले शनिबार अपारान्ह एकघण्टाभन्दा बढि पूर्व पश्चिम राजमार्ग अन्र्तगतको दमक खण्डा यातायात बन्द गराएर बिरोध जनाएका छन् । अघिल्लो दिन बिद्यार्थीहरु आक्रोशित रहेकोमा शनिबा
र यातायात मजदूरहरु आक्रोशित भएका थिए ।
बिद्यार्थीहरुलाइ क्याम्पस आउने क्रममा यातायात मजदूरबाट दूब्र्यवहार भएको भन्दै यातायात बन्द गराउने क्रममा शुक्रबार दमकको क्याम्पसमोड भएको तोडफोडमा सवारी चालक कृष्ण न्यौपाने घाइते भएका थिए । उनको खुट्टा भाचिएको र हाल बिपि काइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उचार भइरहेको बताईएको छ ।
यातायात मजदूरले गाडि तेस्र्याएर बन्द गराएपछि प्रहरीलाई सडक शुचारु गर्न निक्कै हम्मेहम्मे भएको थियो । आक्रोतिश यातायात ब्यवसायिले उपचारको ग्यारेन्टि, सवारी चालकलाई कुट्नेले माफी माग्नु पर्ने लगायतका माग अघि सारेपछि केहिबेर तनाव समेत भएको थियो ।
सडक शुचारु गर्नका लागि इलाका प्रहरी कार्यालय दमकमा भएको छलफलमा स्थानीय बिभिन्न राजनीतिक दलहरुले घटनाको बिषयमा दुख ब्यक्त गर्दै उपचारको ग्यारेन्टि गर्ने प्रतिबद्धता जनाएपछि यातायात खुलेको थियो । नेपाली काँग्रेसका, नेकपा एमाले र माओबादी केन्द्रका स्थानीय नेताहरुले उपचारको ग्यारेन्टि गरेका हुन् ।
क्याम्पस आउने बिद्यार्थीहरुलाइ बसले नरोक्ने र चढन खोज्दा घच्ढने तथा दूब्र्यवहार गर्ने गरेको भन्दै बिद्यार्थीहरु आक्रोशित हुदा तनाव भएको हो । शुक्रबार आक्रोशित विद्यार्थीहरुले तीनवटा गाडी सवारी साधन तोडफोड गरेका थिए । विद्यार्थीहरुले मे १ च ३९५१ र मे १ च १७३८ नम्बरको मिनी ट्रक र को १ ख ४०८८ नम्बरको बसमा तोडफोड गरेकाहुन् ।
दमकमा बिद्यार्थीले ड्राइभर कुटे राजनीतिक दलले उपचार गर्ने भए
सवाल नेपालसंवाददाताशनिबार, २७ माघ २०७३

दमकमा बिद्यार्थीले ड्राइभर कुटे राजनीतिक दलले उपचार गर्ने भए
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण

यो पनि पढ्नुहोस् »
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३
नेपालमा उच्च रक्तचापका बिरामीको संख्या बढ्दै
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाइने
बुधबार, १३ जेठ २०८३



