काठमाडौं– पूर्व उपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारी अस्पताल भर्ना भएका छन्।

छातीमा संक्रमण देखिएपछि ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पतालमा गत सोमबार भर्ना गरिएको उनका स्वकीय सचिव महेन्द्र विष्टले जानकारी दिए।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

चिसोले गर्दा अधिकारीको छातीमा संक्रमण भएको उनले बताए। अधिकारीलाई शुक्रबारदेखि स्वास्थ्यमा सुधार आएपछि सामान्य बेडमा सारिएको छ।

८३ वर्षीय अधिकारीलाई विगत एक वर्षदेखि स्वास्थ्यमा समस्या आएपछि मेडिसिटी अस्पतालमा पटकपटक उपचार भइरहेको छ।

डा राजेन्द्र रिजालको समूहले उनको स्वास्थ्य उपचार गरिरहेको छ। रासस