एजेन्सी । अघिल्लो वर्ष इण्डोनेशियालाई भूकम्पले ११,०००भन्दा बढी पटक हल्लायो । यो संख्या अघिल्लो दशकका वार्षिक औसतभन्दा लगभग दोब्बर हो । यो जानकारी त्यहाँको मौसमविज्ञान एजेन्सीले दिएको हो ।
एजेन्सीका अनुसार टापूहरुले बनेको यो देशमा सन् २०१८ मा ११ हजार ५५७ पटक भूकम्प गयो । तीमध्य २९७ वटा त ५ वा त्योभन्दा बढी म्याग्नीच्युटका थिए । यो तथ्याङ्क मौसम विज्ञान, जलवायु विज्ञान र भूभौतिक एजेन्सीहरुले मिलेर पत्ता लगाएका हुन् ।

अघिल्लो वर्ष औसत वर्षको तुलनामा ६ हजारभन्दा बढी भूकम्प गयो ।

इण्डोनेशिया १७ हजार टापू मिलेर बनेको देश हो । यी टापीहरु भूकम्प जाने खतरा भएको स्थानमा रहेको छ । किनकी यो देश प्रशान्तीय महासागरको ‘रिङ अफ फायर’मा फैलिएर रहेको छ ।

रिङ अफ फायर क्षेत्रमा टेकटोनिक प्लेटहरु जोडिएको र धेरै वटा सक्रिय ज्वालामूखी भएकाले छिटो छिटो भूकम्पीय उतारचढाव देखिन्छ ।

अघिल्लो वर्ष सेप्टेम्बरमा त्यहाँको केन्द्रीय सुलावासीमा गएको भूकम्प र सुनामीले ४,००० मानिसहरु मारिएका थिए । यसअघि अर्को एक भूकम्पले चर्चित पर्यटकीयस्थल बाली नजिक रहेको लोम्बोक टापूलाई धक्का दिएको थियो ।

अघिल्लो वर्षनै आएको एक भूकम्प र सुनामीका कारण यो देशमा पहिलो पटक जमिनको तरलीकरण देखिएको थियो ।

यस परिघटनामा जमिन बेस्कन हल्लिदा जमिनले आफ्नो ठोसपननै गुमाउँछ ।

यो परिघटना सुलावासीमा भएको थियो । जाभा र सुमात्राको बीचमा रहेको सुण्दा स्ट्रेटमा गएको ज्वालामुखी विस्फोटले डिसेम्बरमा भूकम्प र सुनामी आएको थियो । त्यसले गर्दा जमिन तरलीकरण भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah