दमक/झापाको दमकमा एक ब्याक्ति मृत भेटिएकाछन् । उनको वतन नखुलेको प्रहरीले जनाएको छ । आफ्नो आधिकारीक फेसबुक पेजमा इलाका प्रहरी कार्यालय दमकले यस्तो अनुरोध गरेको छ ।
मिति २०७५।०९।३० गते विहानको अं ०९;०० बजेको समयमा जिल्ला झापा दमक न.पा. वडा नं. ४ अर्नाखाडी तेलपाने टोल स्थित रहेको धिमाल जातीको धिमाल ग्रामथान मन्दिरको प्राङ्गण भित्र जाग्रम् भवनको वरण्डामा एकिन नामथर वतन थाहा नभएको कालो ज्याकेट, कालो बुट्टे सर्ट, कालो कपडाको पेन्ट, खरानी रंगको ट्राउजर लगाएएको ५ फिट ३ ईन्च उचाई भएको, अ. बर्ष ४५ को मंगोलियन अनुहारको पुरुष मानिस मृत अबस्थामा फेला परेको हुदाँ यो फोटोमा उल्लेख भएको मानिस कोही कसैले पहिचान गर्न सके यस कार्यालयमा सम्पर्क राख्न पठाई दिन हुन जानकारी गराईन्छ । सम्पर्क न. 9852670609/023-580100/581100 मा सम्पर्क गरी दिन हुन अनुरोध ।




