काठमाडौ । दुबै मृगौलाले काम नगर्ने भएपछि एक नेपाली युवाले खाँडी मुलुक युएईमा जीवन मरणको अन्तिम क्षणमा छटपटाईरहेका छन् । कुनै एक मृगौला फेर्न सके उनले जीवन दान पाउनेछन् । पुर्नजन्मका लागि उनी अस्पतालमा भर्ना भएका छन् । तर उपचारका लागि आवश्यक रकम कमजोर आर्थिक अवस्थाका कारण जुटाउन नसक्दा उपचार हुन पाईरहेको छैन । केही कमाउँ भनेर ऋण काढेर विदेशी भूमिमा काम गर्न पुगेको केही समयमा नै यस्तो हालत भएपछि उनले आर्थिक सहयोगको याचना गरेका छन् । युएईको राजधानी आवुधावीस्थीत खलीफा हस्पिटलको वेड नम्वर २२ मा उनी कसैको सहयोगको अपेक्षामा सुतिरहेका छन् । अस्पतालको बेडमा विगत १ हप्तादेखी एक नेपाली युवा मृत्यु जित्न संघर्ष गर्दैछन् ।

चितवनको रत्ननगर नगरपालिका टाँडीका सुमन परियार विगत साढे २ वर्षयता युएईमा कार्यरत थिए । ज्यानले सकुञ्जेल उनी काममा जोतिएकै थिए । खान मन नलाग्ने र वाकवाकी लाग्ने भएपछि ग्याष्ट्रिकले हुनुपर्छ भन्दै उनी सहँदै गए । तर जव चारपाँच दिनसम्म लगातर उल्टी भइरह्यो अनी उनका साथिले अस्पताल पुर्याए उनलाई । अस्पतालमा सामान्य रगत जाँच्न दिएर फर्किंदा पनि आफूलाई असाध्य रोगले गाँजिसकेको उनलाई लागेको थिएन । तर राती नै अस्पतालले तुरुन्त आउनु भनेर बोलायो । अस्पताल पुग्नासाथ आकस्मीक कक्षमा राखेर उनको उपचार सुरु भयो । अनी मात्र थाहा भयो उनका दुवै मृगौलाले काम गर्न छोडिसकेका थिए ।

यो थाहा पाएपछि छाँगाबाट खसे झैं भयो उनलाई । दुईतीन दिनसम्म त घरमा भन्ने साहस पनि जुटाउन सकेनन् उनले । तर नभनी उपाय पनि त थिएन । उमेर भर्खरै २५ बर्ष भयो । केहि महिना अघि छुट्टीमा नेपाल गएर विहे गरे । तर कमाएर परिवारको गुजारा चलाउनु पर्ने दायित्व भएका उनी श्रीमति र आमाबाबुलाई स्वदेशमा छोडेर युएई आइपुगेका हुन् । तर धन कमाउनु त परको कुरा ज्यान पनि अव कसरी बचाउने बन्ने अप्ठ्यारोमा छन् उनी । परिवारमा कमाउने उनी एक्ला पात्र हुन् । त्यसैले विरामी भएर सुमन अस्पतालको बेडमा पुगेपछि परिवारको आम्दानीको बाटो बन्द भएको छ । परिवारको गुजारा कसरी चल्छ भन्ने पीर त छँदैछ, उपचार कसरी गर्ने भन्ने समस्या समेत थपिएको छ उनलाई ।

एक हप्तादेखी अस्पतालको शैयामा रहेका सुमनको अहिलेसम्म पाँच पटक डायलासिस भइसकेको छ । यो त बचाईराख्ने उपाय मात्रै हो । मृगौला प्रत्यारोपण नगरी सुख छैन । त्यसैले उनी नेपाल फर्केर परिवारको निगरानीमा मृगौला प्रत्यारोपण गर्न चाहन्छन् । मृगौला त परिवारकै कसैले देला । परिवारको आर्थिक अवस्था एकदमै कमजोर भएका कारण उपचार खर्च जुटाउनै मुस्किल छ । त्यसैले अस्पतालको शैयाबाटै सुमनले देश तथा विदेशमा रहेका नेपाली दाजुभाई तथा दिदिवहिनीहरुलाई सहयोग गरिदिन अपिल गरेका छन् । उनलाई सहयोग गर्न चाहनेले चितवनमा सुमनका बाबु शितलबाबु परियारलाई ९८४५४०६३५४ र आमा चन्दा परियारलाई ९८४५५२३३१९ मा सम्पर्क गर्न सक्नुहुन्छ । आर्थिक सहयोग गर्न प्राविधिक रुपमा सम्भव नहुनेले सेयर गरेर सहयोग गरिदिनुहोस् । तपाईको १ सेयर कसैको जीवन दान सावित हुनेछ । साथीहरुलाई इन्बक्समापनि पठाउनुहोस् ।

उनकी बहिनीले जनबोलीमा पठाएको सन्देश

Plz plz mero dai ko help garnu plz uhako 2 otai mirgaula le kaam garna xodeko x gharko yeutai xora gharko aarthikh aawasta nikai najuk x ghar calaune nai uhanai ho plz plz help garnu plz naam suman priyar ratna nagar 2 tandi Chitwan plz plz tapai haru ko sano sahayog le mero dai ko jivan bacx plz Ahile uha dhubai ko hospital u.y e radhani ko abutabi khalifa hospital bet nomer 22 ma hunuhunx plz help Plz sir help him plz uhama nai sab pariwar nirvar Xan ra uha ko baba ko halat pani thik xain plz hlp my borther plz

जनबोलीबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah