झापामा नगरपालिका र गाँउपालिकाद्धारा सार्वजनिक बिदा दमक/झापाको शिवसतासी नगरपालिका र हल्दिबारी गाँउपालिकाले माघ १ गते माघे संक्रान्तिको अवसरमा सार्वजनिक बिदा दिएकाछन् ।

सरकारले विदा नदिएका कारण स्थानीय सरकारको हैसियतले आफ्नो नगरपालिका तथा गाँउपालिका क्षेत्र भित्र बिदा दिईएको जनाईएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

हल्दिबारी गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेका अनुसार नेपालीहरु यसलाइ बिशेष चाडको रुपमा मनाउने गरेकाले सार्वजनिक बिदा दिईएको जनाएकाछन् ।