माघीमा कैलालीका तीन स्थानीय तहले माघ २ गते सार्वजनिक बिदा दिएका छन् ।

टीकापुर नगरपालिका, लम्कीचुहा नगरपालिका र जानकी गाउँपालिकाले सार्वजनिक बिदा दिएका हुन् । ती तहले कार्यपालिका बैठकको निर्णयअनुसार माघीका लागि बिदा थप गरेका हुन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

टीकापुर नगरपालिकाका प्रशासकीय अधिकृत रञ्जु आचार्यले थारू समुदायको मुख्य पर्व अरु समुदायले पनि महत्व दिएर मनाउने भएकाले टीकापुर नगरपालिकामा माघ २ गते बिदा दिनुपरेको बताउनुभयो ।

https://youtu.be/Xf-Q9hMyajM