माघ १ गते माघे संक्रान्तिका दिन कनकाई नदीमा स्नान गरेर तिलको लड्डु, तरुल खाएमा पापबाट मोक्ष प्राप्त हुने र मनोकामना पूरा हुने जनविश्वास रहेको छ। यहाँ स्नान गर्न नेपालका वभिन्न जिल्ला र छिमेकी राष्ट्र भारत, भुटान र बंगलादेशबाट समेत हजारौँको सङ्ख्यामा भक्तजन आउने गर्दछन्।
मंगलबार बिहान ४ बजेबाट नै पूर्व–पश्चिम राजमार्ग छेउमा रहेको माई किनारमा नुहाउने र पूजा गर्नेको भीड सुरु भएको छ। माघ १ गते भक्तजनको घुइँचो बढी हुने भएकाले सुरक्षा व्यवस्था कडा बनाइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एसपी भिमप्रसाद ढकालले बताए। कनकाई नदिमा लाग्ने मेलाक ड्रोन क्यामेराले निगरानी गरिएको छ ।
कनकाईको पश्चिम किनारमा शिवसताक्षी नगरपालिका र पूर्व किनारमा कनकाई नगरपालिकाले मेला लगाएको हो । वर्षेनी लाग्ने प्रसिद्ध धार्मिक मेला यस वर्ष व्यवस्थित गरिएको नगरपालिकाले जनाएका छन् ।
प्रहरीले कनकाई पुलमा हुने भिडलाई सहज बनाउँदै पूर्व पश्चिमबाट आवत जावत गर्ने सवारी साधनलाई पुल वार पार गराईरहेको छ ।



