(पार्थ मण्डल) भद्रपुर । झापाको चाराआली-केचना सडक खण्ड अन्तरगत भद्रपुर ४ स्थित झिलमिलिया पुलको ट्रनिङ्ग दुर्घटनाको मुख्य कारण बनेको छ । ग्राभेल सडक कालोपत्रे बनाइएपछि सो सडक खण्डमा अहिले तीब्र गतिमा सवारीसाधन चल्न थालेको छ । पुलको ट्रनिङ्गमा पुग्न अघि सवारी चालकले गतिलाई कम नगर्दा त्यहाँ दुर्घटना हुने क्रम जारी छ ।

केहीमहिना अघि एक जनाले मोटरसाइकल दुर्घटनामा परी सोही स्थानमा ज्यान गुमाइसकेको अवस्थामा बुधबार दिउँसो त्यही ठाउँमा मोटरसाइकल दुर्घटना परी दुई जना घाइते भएका छन् । भद्रपुरबाट ज्ञानेचोकतर्फ जादै गरेको बा ५६ प ८८३५ नम्बरको मोटरसाइकल आफै अनयन्त्रित झिलमिलिया पुलको तल खसेको छ ।

तीव्र गतिमा रहेको मोटरसाइकल पुलको तल खस्दा मोटरसाइकलमा सवार बाह्रदर्शी गाउँपालिका २ निवासी २७ बर्षीय गणेश भुजेल र पछाडी सवार सोही ठाउँका २३ बर्षीइ तिलक भुजेल घाईते भएका छन् । उनीहरुको ओम साई पाथिभरा भद्रपुरमा उपचार भईरहेको वडा प्रहरी कार्यालय प्रहरी निरीक्षक यमकुमार श्रेष्ठले जानकारी दिए। त्यस्तै गत कार्तिक २६ गते भद्रपुर नगरपालिका– ८ निवासी २० वर्षीय किस्मत प्रधान मृत्यु भएको थियो ।

झिलमिलीया पुल नजिकै दक्षिणबाट उत्तरतर्फ आइरहेको मे ४ प ७७९५ नम्बरको २२० सीसीको पल्सर मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना हुदाँ प्रधानको मृत्यु भएको थियो । सोही दुर्घटनामा परी २० बर्षीय प्रताप तामाङ र २६ बर्षीय आशिष राई गम्भिर घाइते भएका थिए । सो पुलको ट्रनिङ्ग दुर्घटना अहिले ज्यानामारा बनेको छ । दुर्घटना बढेपछि सो ट्रनिङ्गमा प्रहरीले गति सिमितको बोर्ड लगाएपनि त्यसको पालना नगर्दा दुर्घटना हुन थालेको प्रहरी निरीक्षक श्रेष्ठको भनाई ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah