नेपालमा मात्रै हैन देश बाहिर पनि रियालिटी शो हरुको चर्चा र सफलता निक्कै हुने गरेको छ । संगै सो रियालिटी शोहरुमा नेपालीहरुको बाक्लो सहभागिता र सफलताले त झन् नेपालीलाई हर्षित बनाएको छ । यसैबिच प्रदेश १ को मुटुको रुपमा परिचित ईटहरिका ११ वर्षिय प्रितम आचार्य चर्चित भारतिय गायन रियालिटि शाे शारेगमप लिटल च्याम्स काे मेघा राउन्डमा दमदार प्रस्तुति दिएका छन् । हेर्नुस शारेगमप लिटल च्याम्सको प्रोमोमा गीत गाउदै प्रितम ।
https://www.facebook.com/tv.purbeli/videos/605212103249779/
यद्धपि यो शोको टेलिभिजनमा औपचारिक प्रसारण भने भैसकेको छैन । तर शो को भर्खरै सार्बजनिक ट्रेलरमा उनको दमदार प्रस्तुति संगै जुरीहरुको मन जितेको प्रष्टै देख्न सकिन्छ । प्रितमले यसअघि डिजिटल अडिसन दिदै मुम्बई र दिल्लि अडिसन पार गरिसकेका छन । हेर्नुस उनले गएको गीतको पुरा भिडियो ।



