सके सहयोग नसके सेयर अभियान यतिबेला कृष्ण ओलीका लागि चलिरहेको छ । बिधुतको करेन्ट लागेर एक गोडा र दुई हात गुमाएका कृष्णको पिडाले देश बिदेशमा बस्ने धेरै नेपालीको हृदय छोएको छ । र त यतिबेला पीडाको सागरमा रहेका २२ बर्षिया एक युवालाई देश बिदेशबाट धेरै नेपालीले सहयोग र सहानुभूति दिईरहनु भएको छ । इलेक्ट्रिक सब इन्जिनियर पढेका रुकुम सिम्लिका कृष्ण ओली विगत सम्झेर निकै भक्कानिन्छन् । दाङ तुल्सिपुरको विद्युत अफिसमा साईट सुपरभाईजरको काम गर्ने उनलाई के थाहा जीवनमा यस्तो दिन पनि आउँछ भनेर ।आफ्नो जीवनसंगिनीलाई स्टाफ नर्स पढाउने ठूलो सपना बोकेका कृष्णलाई गत जेठ २५ गतेका दिन उनले जीवनमा सोच्दै नसोचेको घटना घटन् पुग्यो ।साँझपख अन्य सहयोगीको साथ कस्टमरहरुलाई बिद्युत प्रवाह गर्न लाइन बन्द गरेर पोलमा चढेका बेला नजिकैका मिलवाला साहुले लाईन अन गरिदिएपछि उनलाई ११ हजार भोल्टेजको करेन्ट लागेपछि उनी एक्कासी भुईमा खसे । तत्कालै उनलाई स्थानिय अस्पताल हुँदै नेपालगंज रिफर गरियो त्यहाँ पनि उपचार हुन नसक्ने भएपछि थप उपचारको लागि भारत लखनउमा पठाईयो ।
यतिबेला २२ बर्षिया एक युवालाई देश बिदेशबाट धेरै नेपालीले सहयोग र सहानुभूति दिईरहनु भएको छ । रुकुम पश्चिमको सानोभेरी गाउँपालिका वडा नम्बर ९ का २१ वर्षीय कृष्ण ओली । मिजासिलो बोली, हँसिलो मुहार, खाइलाग्दो तन्नेरी जोवन, फूलजस्तै सुन्दर जीवन संगिनी । आमाले अर्कै रोजिन्, बाबाले घर छोडे । जीवनसाथी रुपालाई कृष्णले काठमाडौं पठाएका थिए, स्टाफ नर्स पढाउन । आफूले कष्ट गरेर, हड्डी घोटेर पनि रुपालाई स्टाफ नर्स पढाउने धोको थियो कृष्णको । केही वर्ष सानोभेरी गाउँपालिका-९, रुकुम पश्चिमको सिम्ली बजारमा दुवै जना मिलेर होटेल पनि चलाए । रुपाको स्टाफ नर्समा नाम निस्केको थियो, वैशाख पहिलो साताबाट आफूले तुलसीपुर दाङको विद्युत कार्यालयमा साइट सुपरभाइजरको काम पनि सुरु गरे । धेरै सपना साँचेका कृष्णले सानैमा ठूलै भारी बोके जिम्मेवारीका । ऋण सापट गरेर इलेक्ट्रिक सबइञ्जिनियर पढे । वर्ष दिनअघि काभ्रेकी रुपासँग लगनगाँठो कसे । जेठ २४ गते पहिलो वैवाहिक वर्षगाँठ मनाए । आफ्ना साथीभाइ र परिवारका केही सदस्यलाई पनि बोलाए । यति लोभलाग्दो दैनिकी र आशालाग्दो भविष्य सबैसामु देखाएका थिए उनीहरुले । कसरि करेन्ट लाग्यो कृष्णलाइ ?
कृष्णको उपचार गर्दा करिव ५० लाख ऋण लागेको उनकी श्रीमती रुपाले बताईन् । उनले भनिन्, ‘४०/५० लाख ऋण छ, हात खुट्टा राख्नलाई ५० लाख भन्दा बढी खर्च लाग्ने डाक्टरहरु बताउँछन् । लखनउमा लामो उपचार गर्दा पनि स्वास्थ्यमा सुधार नभएपछि पुन: काठमाण्डौस्थित ग्राण्डी र किर्तिपुर अस्पतालमा लामो उपचार पछि उनि निको त भए तर अपसोच ! उनले आफ्ना दुवै हात र एउटा खुट्टा गुमाउन पुगे । आफ्नो परिवारको लागि केहि गर्छु भन्ने अठोट लिएका कृष्ण अहिले जसोतसो निको त भए तर दुवै हात र एउटा खुट्टा नभएकाले उनी पत्नी रुपाको साहारामा बाँच्नु परेको छ ।२१ वर्षको कलिलो उमेरमै आफ्ना सपनाहरु बेडमा अर्ध ज्यानसँग सुताई रहेका कृष्णको परिवारलाई यो दु:खद घडीमा साथ सहयोग गर्न चाहनुहुन्छ भने कृपया सनराईज बैंकको कृष्ण ओलीको खाता नम्बर 0770503165205001 मा रकम जम्मा गरेर सहयोग गर्नुहोला



