दमक/प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयमा रहेका दीपेन्द्र दाहाल पनि प्रधानमन्त्री केपी शर्मा ओलीको स्वीजरल्याण्ड भ्रमणदलमा सहभागि भएकाछन् ।
दाहाल दमक निवासीहुन् । दाहाल ओली प्रधानमन्त्री भएपश्चात देखि नै नीजि सचिवायमा कार्यरतछन् ।
प्रधानमन्त्री ओली विश्व आर्थिक मञ्चको ४९औँ वार्षिक सभामा भाग लिन हिजो स्विट्जरल्यान्डतर्फ प्रस्थान गरेकाहुन्।
जनवरी २२ देखि २५ सम्म स्विट्जरल्यान्डको डाभोसमा हुने बिश्व आर्थिक मञ्चको सभामा सहभागी हुन ओलीको भ्रमणदल त्यसतर्फ लागेको हो ।
टोलीमा ओली धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, अर्थमन्त्री डा.युवराज खतिवडा, परराष्ट्र सचिव शङ्करदास वैरागी, स्वकीय सचिव राजेश बज्रचार्य लगायत उच्च अधिकारी सहभागी छन् ।
विश्वभरका ३ हजार सरकारी तथा निजी क्षेत्रका नेता भेला हुने डाभोसमा प्रधानमन्त्री ओलीले २२ र २३ जनवरीमा हुने दुईवटा सत्रमा प्यानलिस्टका रूपमा सम्बोधन गर्नेछन ।



