प्रकाश योगि -मलेसिया होइन यो हाम्रो कस्तो देश हो ? यहाँ कानून छैन की क्या हो ? मलाइ अचम्म लाग्यो र तपाइले एउटा कुरा थाहा पाउनु भयो भने तपाइ पनि अचम्ममा पर्नु हुन्छ । मानिसिक सन्तुलन ठिक नभएका एकजना नेपालीलाई मलेसिया पठाईएको छ । जसलाई उपचारको खाँचो थियो र रहेको छ । शिव कुमार थापा सोति नाम गरेका एक नेपाली मलेसिया त आइपुगेकाछन् तर उनि कसरी यहाँ आइपुगे भन्ने म अचम्मित छु । फागुण २ गते सोमबार मलेसियाको एयरर्पोटमा आइपुगेका उनलाई मलेसियाको एजेन्टले त कम्पनी सम्म पुर्यायो तर उनी मानसिक सन्तुलन गुमाएर काम गर्न सक्ने अवस्थामा रहेनछ । उनलाई कहाँ आए ? के गर्न आए ? कसरी आए ? कहाँ छु ? केहि थाहा छैन । हामी उनको उपचारको कोशिस गरिरहेका छौ । प्रोमिनेन्ट इम्पोलोमेन्ट प्रा.लीबाट आएका उनको स्वास्थ्यउ जाँच कसरी भयो ? र कस्ले गर्यो यस बिषयमा छानबिन हुनुपर्छ । उनलाइ पठाउने म्यानपावरको बिषयमा पनि प्रश्न उठेको छ । यसमा कस्कस्को संलग्नता छ कार्वाही हुनुपर्छ । हाल यि ब्याक्तिको उपचार मलेसियाका एक व्यापारी नवीन खड्काले यि ब्याक्तिलाइ सहयोग गरिरहेकाछन् । उनको सहयोग नहुने हो भने यि ब्याक्तिको के होला हालत ? जताततै कुद्ने भएकाले दूर्घटना हुने भयले हाल थापालाई बाँधेर राखिएको छ । उनलाइ नेपाल फर्काउनका लागि कोसिस भइरहेको छ । यस्तो ब्याक्तिलाई यहाँ पठाउने र यसमा संलग्नलाइ कार्वाही गर्न सरोकारवालाहरुसंग म माग गर्दछु ।
मेलेसिया आएकै दिन बाधेर किन राखिएको छ कुमार थापालाई ?

सवाल नेपालसंवाददातामंगलबार, १ फागुन २०७३

मेलेसिया आएकै दिन बाधेर किन राखिएको छ कुमार थापालाई ?
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
प्लेनको असुरक्षित यात्रा, नीति कि नियती ?

यो पनि पढ्नुहोस् »
संस्कारमा अब्बल निजि बिद्यालय
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

प्लेनको असुरक्षित यात्रा, नीति कि नियती ?
सोमबार, २ माघ २०७९
संस्कारमा अब्बल निजि बिद्यालय
सोमबार, २७ भदौ २०७९
''नागरिकता विधेयक प्रतिरोधको मुद्दा हो।''- भरत दाहाल
मंगलबार, ३१ साउन २०७९
"राजनीति नेपालको सबैभन्दा ठूलो र आकर्षक जागिर" -भिम उपाध्याय
बिहीबार, १९ जेठ २०७९
किन हाम्रा नेता, मन्त्री, धनीमानी सार्वजनिक यातायात चढ्दैनन् ?
बिहीबार, ५ फागुन २०७८


