काठमाडौं। विश्वकै धनी व्यक्तिको सूचीमा दोस्रो नम्बरमा रहेका बिल गेट्सको एउटा तस्विर अहिले निकै भाइरल भइरहेको छ। उनको एक बर्गर पसल अगाडि लाइनमा बसिरहेको तस्विर सामाजिक संजालमा भाइरल भइरहेको हो।

उनको यो तस्विरलाई माइक ग्यालोसले केही हप्ता अगाडि आफ्नो फेसबुक पेजमा पोष्ट गरेका थिए। बिल गेट्को उक्त तस्विरलाई फेसबुकमा हाल्ने माइक ग्यालोस माइक्रोसफ्टका पूर्व कर्मचारी रहेको जनाइएको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

जसमा गेट्स अमेरिकाको सिएटलमा रहेको डिक नाम रहेको रेष्टुेन्ट बाहिर बर्गर लिनका लागि लाइनमा उभिरहेको देख्न सकिन्छ।

लामो समयसम्म विश्वकै धनी व्यक्तिको सूचीमा नम्बर एकमा रहेर राज गरेका गेट्स अहिले दोस्रो नम्बरमा रहेका हुन्। विश्वकै धनी व्यक्तिको पहिलो नम्बरमा अमेजनका मालिक जेफ बेजोस रहेका छन्।