#

अर्थ/बजार

नविकरण शुल्क नतिर्ने कम्पनीलाई कडा कारबाही हुने

काठमाडौं, १७ असोज । नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएर सेयर कारोबार गरिरहेका कम्पनीले तोकिएको समयमा वार्षिक सूचीकरण नवीकरण शुल्क नबुझाए कारबाहीमा पर्ने भएका छन् । नेप्सेका अनुसार असोज मशान्तभित्र सबै कम्पनीले तोकिएको वार्षिक शुल्क बुझाइ सक्नुपर्ने भए पनि हालसम्म एकसय २४ कम्पनीले ७६ लाख शुल्क बुझाएपनि बाँकी १०० कम्पनीले नवीकरण शुल्क बुझाएका छैनन् । कम्पनीका

‘पर्यटन सूचना केन्द्र’ स्थापना हुने

रत्ननगर (चितवन) / नेपालकै तेस्रो पर्यटकीय गन्तव्य चितवनको रत्ननगर सौराहामा रु. एक करोड ३१ लाखको लागतमा सुविधायुक्त ‘पर्यटन सूचना केन्द्र’ स्थापना हुने भएको छ । “सूचना केन्द्र निर्माणका लागि ठेक्कासमेत भइसकेको छ, पर्यटन विभागका सिनियर डिभिजनल इन्जिनियर कोषनाथ अधिकारीले भन्नुभयो – स्थान छनोट भएपछि काम सुरु हुन्छ ।” पर्यटक विभागमार्फत बजेट परिचालन हुने गरी केन्द्र

भारतकै लाेकप्रिय महिन्द्राको MOJO मोटरसाइकल नेपाली बजारमा

काठमाण्डाै ।  नेपालका लागि महिन्द्राको आधिकारिक विक्रेता अग्नी मोटोनिक प्रा. लि. ले भारतमा लाेकप्रिय रहेकाे मोटरसाइकल मोजो  नेपाली बजारमा भित्र्याएको छ। भारतको पुनेबाट  १२ सय किलोमिटरको दुरी पार गरी  याे मोटरसाइकल नेपाल ल्यार्इ NADA Auto Show 2016  मार्फत सार्वजनिक गरिएकाे हाे । ६–स्पीड ट्रान्समिसन भएको यो मोटरसाइकलको फोर्क उल्टो तरिकाले राखिएको छ जसले गर्दा यो मोटरसाइकलको लुक्स

भोजपुर चेतनाको दृष्टिले अगाडि भएपनि पूर्वाधारमा पछाडि

काठमाडौँ / विजयादशमी, दीपावली, नेपाल संवत्, छठ, ल्होसार तथा उधौली पर्वको उपलक्ष्यमा भोजपुरे सेवा समाज काठमाडौँले मङ्गलबार यहाँ एक शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गर्‍यो ।समाजका अध्यक्ष पासाङ दोर्ची शेर्पाको सभापतित्वमा भएको सो कार्यक्रममा शुभकामना दिनुहुँदै पूर्वमन्त्री तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले स्थिरता कायम हुन नसकेकाले नै देशमा विकास हुन नसकेको र उत्कृष्टमध्ये एक

मुक्तिनाथको वार्षिक आम्दानी रु ६७ लाख

मुस्ताङ /  हिन्दू र बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्रविन्दु प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथको वार्षिक आम्दानी ६७ लाख रुपैयाँको हाराहारीमा हुने गरेको छ । मुक्तिनाथ विकास समितिले हालै सार्वजनिक गरेको वार्षिक आयव्ययमा रसिद सहयोगबाट सबैभन्दा बढी ५२ लाख ११ हजार रुपैयाँ आम्दानी भएको देखिएको छ । त्यस्तै, सुन बिक्रीबाट रु १२ लाख सात हजार र बैंक ब्याजबाट रु

​बेष्ट रेमिट र राष्ट्रिय सहकारी बैंकबीच रेमिट्यान्स् भुक्तानी सम्झौता

११ असोज काठमाडौ । बेष्ट रेमिट नेपाल र मुलुकभर रहेका सहकारी संस्थाहरुको साझा बैंक राष्ट्रिय सहकारी बैंक लिमिटेडबीच रेमिट्यान्स भुक्तानी तथा अनलाइन भुक्तानी सम्बन्धी सम्झौता भएको छ । सो सम्वन्धी सम्झौतापत्रमा बेष्ट रेमिटको तर्फबाट अध्यक्ष अनिल गुरुङ र सहकारी बैकको तर्फबाट प्रवन्ध निर्देशक के.बी. उप्रेतीले सयुक्तरुपमा सोमबार हस्ताक्षर गरे । यो सम्झौतासँगै अब विश्वका विभिन्न

सरकारी जमानीमा २५ अर्ब ऋण

काठमाडौं- सरकारले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमलाई दुई थान ठूलो आकार (वाइड बडी) जहाज किन्न आवश्यक २५ अर्ब रुपैयाँका लागि जमानी बस्ने निर्णय गरेको छ। सरकारको निर्णयलगत्तै अर्थ मन्त्रालयले बिहीबार वायुसेवा निगमलाई यससम्बन्धी पत्र पठाएको छ। जसमा दुई थान वाइड बडी जहाज खरिद गर्न चाहिने २५ अर्ब रुपैयाँका लागि सरकार जमानी बस्न तयार रहेको उल्लेख

साताको अन्तिम दिन पनि शेयर बजार फर्किएन, दोहोरो अंकले गिरावट

६ असोज,काठमाडौँ । आज पनि शेयर बजार ओरालो लाग्ने क्रम रोकिएन । साताको अन्तिम दिन शेयर बजार १२ दशमलव २२ अंकले घटेर १७६६.९१ अंकमा पुगेर रोकियो  । बजारको धेरै हिस्सा ओगटेको वाणिज्य बैंक समूह नै २० अंकले घटेपछि समग्र बजार ओरालो लागेको हो । होटल, जलविद्युत,बीमा र अन्य समूह उकालो लागेपनि  बजार ओरालो लाग्नेक्रम कायमै

काठमाडौँमा दश दिनभित्र बायोग्यास उत्पादन सुरु

काठमाडौँ- असोज ३ अबको १० दिनभित्र यहाँ बायोग्यास उत्पादन सुरु हुने भएको छ । काठमाडौँ महानगरपालिका अन्तर्गत वातावरण व्यवस्थापन महाशाखा प्रमुख रवीनमान श्रेष्ठका अनुसार बायोग्यास उत्पादनका लागि अहिले यन्त्र राख्ने काम सकिसकिएको छ । एक÷ दुई दिनभित्र बायोग्यास उत्पादनका लागि परीक्षणको काम हुनेछ । प्रमुख श्रेष्ठका अनुसार अबको १० दिनपछि कामपाका वडा नं २०, २१, १९

खुद्रा पसलमा पनि दसैं छुट पाइने

काठमाडौं, ३० भदौ । नुन, तेल, चिनी, दाल किन्न दसैैंका लागि खुल्ने सहुलियत पसल खुल्ने मिति कुर्दै हुनुहुन्छ ?व्यवसायीले बुधबार गरेको निर्णय लागु हुने हो भने अब घर छेउमै सामान छुट पाउन सकिनेछ । चाडपर्वको अवसरमा सरकार र व्यापारीबीच केही सामानमा सबै खुद्रा पसलमा छुट दिने समझदारी भएको आजको कान्तिपुरमा खबर छ । जसअनुसार नुनमा