#


खेलकुद

धोनी बुढेसकालमा आर्मीको तालिम लिँदै

एजेन्सी-भारतीय टोलीका पूर्व कप्तान महेन्द्र सिंह धोनीले विश्वकपपछि सन्यास लिने धेरैको अनुमान थियो । तर धोनीले तत्काल सन्यास नलिने उनका म्यानेजर अरुण पाण्डेले बताएका छन् । धोनी आगामी दुई महिना क्रिकेटबाट भने टाढा रहने छन् । धोनीले दुई महिना भारतीय आर्मीको तालिम लिने बताइएको छ । ३८ बर्षीय धोनी भारतीय प्रादेशिक आर्मीको लेफ्टिनेन्ट कर्नेल पनि

टि–२० विश्वकपको लागि नेपाली क्रिकेटरको परिश्रम

काठमाडौं। टि–२० विश्वकप पुग्ने लक्ष्यसहित गएको नेपाली क्रिकेट टोली अहिले मलेसियामा छ । विश्वकप छनोटसम्म पुग्नको लागि एशिया फाइनल खेल्नुअघि नेपालले मलेसियासँग टि–२० सिरिज खेलेको थियो जन सिरिज नेपालले क्लिनस्विप गर्यो । त्यसपछि नेपाली टोलीले मलेसियामै रहेर अभ्यास गरिरहेको छ । एशिया फाइनल यही जुलाई अन्तिम साता सिंगापुरमा हुँदैछ । यो प्रतियोगितामा विजेता बन्न सके

नेपालद्वारा मलेसिया ६ रनले पराजित

दोस्रो टी–२० खेलमा नेपालले मलेसियामाथि ६ रनको रोमाञ्चक जीत हासिल गरेको छ । जीतका लागि १ सय ७४ रनको लक्ष्य पाएको मलेसियाले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ६७ रन मात्र बनाउन सकेपछि पराजित भएको हो । पहिलो खेलमा नेपाल ७ विकेटले विजयी भएको थियो । १ सय ७४ रनको विशाल लक्ष्य पछ्याउने क्रममा मलेसियाले

नेपालको सानदार जीत, मलेशियामाथि पारसको अर्धसतक

काठमाडौं, २८ असार । नेपालले मलेशियालाई पहिलो टी–२० खेलमा ७ विकेटले पराजित गरेको छ । मलेसियाले नेपालसामु जितका लागि १२९ रनको प्रस्तुत गरेको लक्ष्य नेपालले १८.३ ओभरमा मात्र ३ विकेटको क्षतिमा पछ्यायो । नेपालको जीतमा कप्तान पारस खड्का नायक बने । उनले विष्फोटक ब्याटिङ गर्दै मात्र ५० बलमा ८६ रन बनाए । यसक्रमा उनले ५ छक्का

धोनी आउट भएको केही समयपछि नै प्रशंसकलाई हृदयघात

असार २६, २०७६ काठमाडौं – क्रिकेट विश्वकपबाट भारत बाहिरिएको पीडा कोलकाताका एक प्रशंसकले सहन सकेनन् र उनको मृत्यु भयो । विश्वकपको सेमीफाइनलमा चेज गरिरहेको भारतीय टीमले रविन्द्र जडेजा र एमएस धोनीको शानदार साझेदारीले भारतको जीतको आशा जगाएको थियो ।   तर जडेजा अनि लगत्तै धोनी आउट भएपछि चाहिँ भारतीय टीमका प्रशंसकहरू उदासीको लहरमा डुब्न पुगे

नेपालले जित्यो यू–१९ इस्टर्न रिजन क्रिकेटको उपाधि

काठमाडौं, असार २४ । मलेसियामा सम्पन्न एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको उपाधि नेपालले जितेको छ । हकङकङलाई ६ विकेटले हराउँदै नेपालले एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको उपाधि जितेको हो । जीतसँगै नेपाल श्रीलंकामा हुने एसीसी यू–१९ एसिया कपमा स्थान बनाउन सफल भएको छ । आज कङकङले दिएको ९६ रनको झिनो लक्ष्य नेपालले १६.१ ओभरमा

विश्वकप क्रिकेटः पहिलो सेमिफाईनल आज, विराटसँग ११ वर्ष अघिको बदला लिने दाउमा …

एजेन्सी । इंग्ल्याण्डमा जारी विश्वकप क्रिकेटको समूह चरणको सबै खेलहरु सकिएको छ। राउण्ड रोबिनको आधारमा खेलाइएको उक्त खेलमा शीर्ष चार टिमले सेमिफाईनलमा स्थान बनाएका छन्। उक्त चार टिममध्ये आज पहिलो सेमिफाईनल खेल भारत र न्युजिल्याण्डबिच हुनेछ। म्यान्चेष्टरस्थित ओल्ड ट्राफोर्ड मैदानमा नेपाली समयअनुसार दिउसो ३ः१५ मा सुरु हुने खेलमा दुवै टोलीको लक्ष्य जित निकाल्दै फाईनलमा स्थान

नेपाली बलरसामु मलेसिया निरिह, नेपाल फाइनलमा प्रवेश

नेपालको क्रिकेट टोली एसीसी अन्डर १९ इस्टर्न रिजन २०१९ को फाइनलमा प्रवेश गरेको छ । सोमबार आयोजक मलेसियालाई सात विकेटले पराजित गर्दै नेपालले फाइनलको यात्रा तय गरेको हो । किनरारा ओभलमा आयोजना भएको खेलमा नेपालले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो । नेपाली बलरहरुले कसिलो बलिङ गर्दै मलेसियालाई ४०.५ ओभरमा ८७ रनमा सिमित

एसीसी यू–१९ इस्टर्न रिजनः सागर ढकालको ६ विकेट, चीन ५३ रनमै समेटियो (लाईभ)

काठमाडौं । मलेसियामा जारी एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेट अन्तर्गत समूह चरणको पहिलो खेलमा नेपालले राम्रो प्रदर्शन गरेको छ।क्वालालम्पुरस्थित किनरारा ओभलमा भएको खेलमा नेपालले टस जितेर बलिङ रोजेको नेपालले राम्रो बलिङ गर्दै चीनलाई ५३ रनमै समेटेको छ। चीनलाई सस्तैमा समेट्न नेपालका सागर ढकालले ६ विकेट लिए। उनले ९.१ ओभर बलिङ गर्दै १९ रन दिए ।

सचिन तेन्दुलकरकाे रेकर्ड ताेड्दै विराट काेहली !

भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले लिजेण्ड खेलाडी सचिन तेन्दुलकरले बनाएका साना-साना रेकर्डहरु तोड्दै गएका छन् । विश्वकपमा पाकिस्तानविरुद्ध खेल्दै विराटले ११ हजार रनको सचिनको रेकर्ड तोड्न सफल भए । सचिनले २७६ पारीमा बनाएको रेकर्ड विराटले जम्मा २२२ पारीमा तोडेका थिए । यसैगरी शनिबार अफगानिस्तानविरुद्ध खेल्दा विराटको नजर अन्तर्राष्ट्रिय क्रिकेटमा २० हजार रन पूरा गर्ने