– के बि महरा

मुलुक हाल लाेकतान्त्रीक अभ्यास मा रहेको छ।संविधान लेखनको औपचारिकता पूरा भएसङ्गै देशले बिकाशको मार्गमा गतिलिने जनआशा समेत पलाएको छ भने लोकतन्त्र संस्थागतकै निम्ति प्रथम तह अर्थात स्थानिय निकायको चुनाब भर्खरै सम्पन्न भएको छ ।

बाँकी दुई तहको चुनावका लागि मुलुक ,राजनितिक दलहरु आ- आफ्नो गृहकार्यमा ब्यस्त देखिन्छन् यतिबेला।पार्टिका भावी योजना अन्तर्गत रास्ट्रीयताको मुद्दा शसक्त रुपमा ब्युँझाउन तिर त कतिपय राजनितिक दल आपसी तालमेलका साथ अघि बढ्ने बिषयमा धारणा,छलफल घनिभुतरुपले अघि बढाएका छन्। चुनावकै सन्दर्भमा कतिपय राजनितिक दलहरुले आफ्ना सभा-सम्मेलनहरुमा राष्ट्रीयताका सवालका बिषयमा विभिन्न अभव्यक्ति,धारणा हरु दिँदै आईरहेका छन्। तर विडम्बना त केछ भने देशको सिमा रक्षाकानिम्ति कुनै भुमिपुत्र आफ्नो ज्यानको प्रवाह नगरि सिमानामा जङ्गे पिल्लर बनि उभिँदा उ अपहरित हुन पुग्छ,मारिन पुग्छ त्योपनी खुलेआम अर्कैदेशको प्रशासन द्वारा,त्यतिबेला नत कुनै राजनितिक दलहरु खुलेरै त्यसको प्रतिरोध गर्छन् नत पिडितको समर्थननै,।

बरु कुटनितिक पहलका लागि लामो समय खर्चन्छन्,र अन्तत: क्षणिक रुपमा समस्या पाखा लाउँछन्। जो देश र राष्ट्रकालागी सांच्चिकै बलिदानी दिन आँतुर छन्,जसले मातृ भुमी रक्षार्थ आफ्नो जिवन समर्पण गरे उनिहरुलाई राज्यले हेर्ने दृष्टिकोण कहिल्यै बदलिएन।यसबाट के पुष्टिहुन्छ भने राष्ट्रीयताको मुद्दा केवल सत्ता लत्याउनैकालागी ब्युँताईन्छ र ओझेल पर्छ।त्यसैले अब जनताले के बुझ्न अपरिहार्य छ भने यदि कुनै राजनितिदलले साँच्चिकै जनतामाझ भनेगरेको बाचाकसम पूरा गरेर देखाउछन् भनेमात्र समर्थन दिनुस् अन्यथा लोकतन्त्र केवल शब्दमै सिमित हुनेछ। कुनै एक राजनितिक दलको झोले होईन एक सच्चा नागरिक बन्ने प्रण गर्नुस्,समग्र जगतकै भलो हुनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय