एजेन्सी । सामाजिक सञ्जालमा यतिबेला विश्वको अन्त्य हुने भविष्यवाणीले चर्चा पाएको छ । विभिन्न विदेशी सञ्चारमाध्यमले एक व्यक्तिको दावीलाई आधार मानेर आगामी सेप्टेम्बरमा संसारको अन्त्य हुने समाचार प्रकाशन गरेका छन् ।

विभिन्न विश्लेषकहरुले दावी गरेअनुसार सन् २०१७ सेप्टेम्बर २३ तारिखका दिन एक ग्रह पृथ्वीसँग ठोक्किने छ र सोही बखत धर्तीमा जीवनको अन्त्य हुनेछ । यद्यपी वैज्ञानिकहरुले यस्तो आशंकालाई आलोचना गरेका छन् ।

‘प्लेनेट एक्स-द २०१७ अराइवल’का लेखक डेविड मीडेको दावी छ कि आगामी सेप्टेम्बर २३मा प्लेनेट एक्स नाम गरेको ग्रह धर्तीसँग ठोक्किनेछ । वैज्ञानिकले यस ग्रहको अस्तित्व नभएको बताएपनि डेविड भने आफ्नो दावीसँग आश्वस्त छन् ।

डेविड आफूले बाइबल पढेपछि उक्त दावीसँग आश्वस्त भएको बताउँछन् । डेविडले बाइबलको पहिलो खण्डको च्याप्टर १३ को ९ औं र १० औं आयतलाई उधृत गर्दै लेखेका छन्, ‘हेर्नुहोस्, अन्तिम दिन आइरहेको छ । एक निर्दयी दिन । जुन निकै क्रोध र भयंकर रुपमा प्रस्तुत भएर धर्तीलाई उजाडिदिनेछ । यहाँका पापीहरुलाई नाश गरिदिनेछ । तारामण्डलले आफ्नो प्रकाश दिने छैन । सूर्य पनि अन्धकार हुनेछ र चन्द्रमाले समेत आफ्नो प्रकाश दिने छैन ।’

डेविडका अनुसार अगस्ट २१ का दिन अमेरिकामा पूर्ण रुपमा सूर्यग्रहण लाग्नु नै धर्तीको अन्त्य हुने संकेत देखिनु हो । विनाशको शुरुआत यसै सूर्यग्रहणको साथ भइसकेको छ । साझापोस्ट बाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय