कंलकीको पुल वरपरको क्षेत्रमा कम उमेर समुहका बालिकाहरु देखि महिला समेत यौन कार्यको लागि ग्राहक खोज्न त्यहाँ जम्मा हुन्छन् भन्ने सुनेपछि केहि साथीहरु सहित हामी त्यहाँ पुग्यौं ।

 हामीलाई त्यहाँ कुन कुन उमेर समुहका बालिका तथा किशोरीहरु यौन कार्यमा संलग्न छन् र उनीहरुसँग सम्पर्कमा रहने पुरुषहरु कस्तो पृष्ठभूमिका हुन्छन् भनेर अनुसन्धान गर्नु थियो ।

१० जनाको समुहमा रेहेका हामी छरिएर यताउता उभिएर त्यहाँको वस्तुस्थिति नियाल्न थाल्यौं । हामीसँग २ जना पुरुष साथीहरु पनि थिए । त्यहाँ एकअर्कालाई नचिने मmैं गरी बस्यौं । एकजना ६० वर्षको जस्तो देखिने भरिया पुरुष विस्तारै मेरो छेउमा आयो, अनि सोध्यो कसलाई कुरेको ? मैले जवाफ दिएँ– कसैलाई हैन यतिकै बसेको ।

भरिया– गेष्टहाउस जाने ?
–कति पैसा दिनुुहुन्छ ?
भरिया– एकहजार दिन्छु, कोठाको पैसा मै तिर्छु ।
– (अभिनय गदै) त्यतिमा को जान्छ ? तीन हजार चाहिन्छ ।

भरीया– म त १००० भन्दा दिन सक्दिन, गाउँमा छोराछोरी छन् । उनीहरुको खर्च पनि यहिँबाट पठाउनु पर्छ । घरको जिम्मेवारी पनि त हेर्नु पर्यो नि । उसको कुरा सुन्दा यस्तो लाग्थ्यो कि, उ घरको असल बुवा अनि असल पति पनि हो ।

मैले सोधे– घरको त्यत्रो चिन्ता गर्ने मान्छेले होटलमा किन रमाईलो गर्नुपर्यो त ?

भरिया– कहिले काहिँ घरबाट टाढा हुँदा रमाईलो त गर्नुपर्यो नि ।हिंड न जाउँ, म तिमीलाई एकवोतल वियर पनि खुवाउँछु । अरु खानेकुरा पनि खुवाउँछु ।
खुट्टामा च्यातिएको चप्पल, फुटेका खुट्टा, हात हेर्दा भर्खरै बारी खनेर आएको जस्तो धुलोमैलो । मयलले कातिपरेको कपडा छन् उसका । म उसँग जान नमानेपछि भन्दै थियो– तिमी नजाने हैन ? ठिकै छ,  उ त्यो भाईलाई भन्यो भने जस्तो भन्यो त्यस्तै केटी मिलाईदिन्छ ।  १००० रुपैयाँ मात्र दिने भए त म जान्नँ भन्ने बाहाना गर्दै म  उबाट अलि टाढा पुगेर उभिएँ ।

मैले त्यो बूढो मान्छेसँग कुरा गरेको नियालिरहेको अर्काे एकजना युवक मेरो नजिक नजिक आयो । उसको कुरा गर्ने शैली  पनि उस्तै थियो ।

युवक– कसैलाई कुरिरा हो ?
– अँ.., साथीलाई कुरिरा ।
युवक– फोन डायल गरेजस्तै गरी, म पनि साथीलाई कुरीराको फोन नै लागेन ।
मैले उसको कुराको जवाफ फर्काइन ।
युवक– के काम गर्नुहुन्छ ?
– केहि गर्दिनँ ,तपाईं नि ।
युवक– चापागाँउमा कलेज पढाउँछु ।
–  ए..।
युवक– तपाईंको घर ?
–यतै नजिकै छ ।
युवक– मलाई कोठामा लैजाने हो त ?
– तपाईंलाई  मेरो कोठामा किन लैजानु ?
युवक– होटलमा बस्नुभन्दा तिम्रैमा बसौंन । आनन्दले दिनभर बस्न पाईन्छ । होटलमा तिर्ने पैसा पनि बच्छ ।
– तपाईंको विहे भाको छैन र ?
युवक– विहे त भाछ बूढी एनजिओमा काम गर्छे । सधैं व्यस्त, यसो रमाईलो गरौं भनेर यता आको ।
– तपार्इं कलेज पढाउने मान्छे । श्रीमती पनि छ भन्नुहुन्छ, यस्तो सडकमा बसेर केटी खोज्नुपर्छ त ?
युवक– मसँग सम्पर्कमा धेरै केटीहरु छन् । धेरैजसोले कोठामै बोलाउँछन् । हिजोआज उनीहरुसँग सम्पर्क नभएर यता आको । यहाँ आएपछि दलालहरुले कलिला कलिला केटी मिलाईदिन्छन् ।
– म त कलिली छैन नि,  किन मसँग जान खोज्नु भाको त ?
युवक– तपार्इं अलि अरु भन्दा स्मार्ट लाग्यो । सडकमा भेटिनेहरु धेरै हेर्दै फोहोरी हुन्छन् । फेरि त्यो मलाई केटी मिलाईदिनेको मोवाईल पनि स्वीच अफ रैछ । तिमी हेर्दा त यसरी सडकमा बस्नेजस्ती छैनौ । किन बूढाले दुःख दिएर आको हो ?
– (वनावटी शैलीमा) हैन मेरो विहे नै भाको छैन । तपाईंपनि त कलेज पढउँछु भन्नुहुन्छ, सडकमा आएर केटी खोज्नुहुन्छ ।
युवक– (अलि अन्कनाउँदै) हैन हैन म धेरै हिंड्दिन । तिमी एक घन्टाको कति लिन्छौ ?
– तीन हजार ।
युवक– ओहो ! कस्ति महङ्गी ? तिम्रो कोठामा बसौं रमाईलो गरौं । खानेकुरा सवै म किन्छु अनि १५०० दिन्छु नि । हुन्न ?
– हुन्न, म जादिनँ ।

म र त्यो पुरुष गफ गरिरहंदा हाम्रै टिमको एकजना पुरुष साथीले टाढाबाट मास्क लगाएर मलाई नियालिरहनु भएको थियो । त्यो कलेज पढाउने पुरुष मसँग रिसाउँदै हिंड्यो । म फेरि विस्तारै सडकको अर्को किनारमा गएर उभिएँ । त्यसरी उभिरहंदा सडक छेउमा केहि पुरुषहरु उभिएका थिए । हामीसँग आउनुभएका दुई जना साथीहरु ती पुरुषसँग गफ गरिरहनु भएको थियो भने हाम्रा अन्य महिला साथीहरु पनि यस्तै सडकमा आउने ग्राहकसँग गफ गरिहनुभएको थियो ।
उभिंदा उभिंदै एकजना लगभग १९,२० वर्षको जस्तो देखिने युवक मेरो छेउमा आएर उभियो । पुलुक्क मलाई हेर्दै मोवाईल चलाउँदै गरिरहेको थियो । विस्तारै उसँग पनि कुरा सुरु भयो ।

युवक– कति बज्यो ?
म– ३ बज्न लाग्यो ।
युवक–साथीलाई कुरेको आउँदै आएन, तपाईं पनि साथी कुरेको हो ?
– हो नि ।

कुरा विस्तारै अगाडि बढ्यो ।
युवक– तपाई कहाँ बस्नुहुन्छ ?
म– बल्खु ।
युवक– काम गर्नुहुन्छ ।
म– गर्दिनँ, तपाईं नि ?
युवक– सीतापाईलाको इन्जिनियरिङ कलेजबाट भरखर पढाई सकाए । पोखराबाट लोकसेवा आयोगको जाँच दिन जान लागेको ।
उसले वबरमहलमा डेरामा बस्ने बतायो ।

युवक– मेरो साथीले भनेको यहाँ केटीहरु पाईन्छन् रे है ?
म– हो र ? थाहा छैन मलाई ।
युवक– किन अप्ठ्यारो मान्नुभाको ?
म– किन अप्ठ्यारो मान्नु नि ?

युवकले यति कुरा गरेपछि खुलेर भन्यो– भन्नुस् न तपाईं कति लिनुहुन्छ ?
म– म त तीन हजार लिन्छु ।
युवक– जिव्रो टोक्दै, ओहो त्यति धेरै त म दिन सक्दिनँ । विद्यार्थी मान्छे त्यत्रो पैसा त मसँग छैन ।
म–तपाईंले त साथी कुरेको भन्नुभा हैन र ?
युवक– हो, साथीले यता केटी पाईन्छ भनेको थियो । पहिला पहिला त रत्नपार्कमा गएर लिएर जान्थ्यौं । अहिले यसो यता पार्इंने भए एकदुई घन्टा बसेर पोखरा जाउँ भनेर हो ।
म–किन रत्नपार्कमा अहिले भेट्नुभएन ?
युवक– हैन, एकजनाको मोवाईल अफ रैछ, त्यहि भएर ।
म– तपाईहरुसँग जाने केटीहरु कस्ता हुन्छन् ?
युवक– गाउँबाट आको गरिवहरु हुन्छन् । कोहि कोहि त होटलको कोठामा पुग्ने वित्तिकै रुँन थाल्छन् ।
म– त्यस्तो रुँदा तपाईंलाई माया लाग्दैन ?
युवक– कहिलेकाहिँ त नमज्जा लाग्छ । कसैले आमा छैन, भाईबैनी पाल्नुपर्छ भन्छन् । कसैले बूढा विदेश गएर वास्ता गरेन भन्छन् । उसले बीचमै रोकिएर सोध्यो– तपाईं पनि त्यस्तै त होला नि हैन ?
म– दुःख नपाई को सडकमा आउँछ त ?
युवक– हिंड न त जाउँ ।
म– काहाँ ?
युवक– मेरो कोठामै जाउँ, हुन्न ?  म त जहिले कोठामै लाने हो । होटलमा भन्दा सुरक्षित नि हुन्छ ।
म– कति पैसा दिने ?
युवक–हेर म विद्यार्थी मान्छे । ममी बाबाले पठाएको पैसाले सबै खर्च पुर्याउनु पर्छ । खाजा खाने पैसा जोगराएर रमाईलो गर्ने हो । तिमीलाई म एक हजार दिन्छु, हुन्छ ?
म– म त त्यति थोरै पैसामा जादिनँ ।
युवक– मलाई पोखरा जानुछ । त्यत्रो पैसा खर्च गर्दा ममी वावाले कहाँ खर्च गरिस् भनेर मार्नुहुन्छ ।

त्यसो भए अर्को मान्छे खोज्नुस् भनेर म त्यहाँबाट हिडेँ ।

हामी सबै साथीहरुले आँखाआँखा इसारा गर्यौं र सबैजना त्यहाँबाट हिंड्यौ । हामी एउटा संस्थाको कार्यालयमा जम्मा भयौं । सबैको अनुभव सुन्यांै । कलेज पढाउँछु भन्दै मलाई पछ्याउने ग्राहक साँच्चै नै चापागाउँको कलेजमै पढाउने रैछ । हामीसँगै गएको साथीको छिमेकी रैछ । हाम्रो साथी त्यो मान्छेलाई त्यसरी सडकमा केटी खोज्दै आएर मसँग मोलमोलाई गरेको देख्दा छक्क पर्नुभयो ।

हामीसँग गएका पुरुष साथीहरुलाई कंलकी वरपर भेटिएका दलालहरुले होटलमा पुर्याएर साना साना किशोरी देखाएर छान्नु भनेछन् । तपाईंहरु ढुक्क हुनुहोस् यो होटल फलानो नेताको आफन्तको हो, यहाँ कोहि छापा मार्न पनि आउँदैन भनेर विश्वास दिलाएछन् ।

 सडकमा भेटिएका १५,१६ वर्षका नानीहरुले जाउँ भन्दै आएछन् । साथीहरुले अर्को पटक भेटांैला भनेर छुट्टिएपछि ‘दाइ मेरी वैनी छ, म भन्दा सानी एकदम राम्री छ बोलाईदिउँ ?’  भनेछन् ।

पुरुष साथीहरुले गहभरी आसु पार्दै आफूुले सडकमा भेटेका नानीहरुको बारेमा बताउनुभयो । सडकमा अलि समय उभिने वित्तिकै पुरुष दलालहरुले आफ्नो सम्पर्कमा साना साना बालिकाहरु राखी उनीहरुलाई ग्राहक मिलाईदिने, आधा पैसा आफू राख्ने र अलिकति ती बालिकाहरुलाई दिने गरेको पाईयो ।
कतिपय होटलहरुमा कामदारको रुपमा बालिका राख्ने र उनीहरुलाई धेरै पैसा कमाईंने भन्दै विभिन्न प्रलोभनमा पारेर होटलमा आउने ग्राहकसँग सम्वन्ध राख्न लगाउने र त्यो पैसा आफूहरुले राख्ने गरेको समेत पाईयो । सडकमा गएर बसेका अन्य किशोरी तथा बालिकाले पनि ग्राहक खोजेपछि आफूले काम गर्ने होटलमा लैजाने गरेको समेत पाईयो ।

होटलमा जाँदा त्यहाँ भेटिएका नानीहरु ,कसैले भुकम्पमा घर भत्किएर काम खोज्दै आएको बताएछन्, कसैले बुवाले कान्छीआमा ल्याउनुभो, आमा रोगी छन् भनेछन् । महिला साथीहरुले पनि  सडकमा ग्राहकको रुपमा आउने पुरुषहरु ड्राईभर, कन्डक्टर, सिकर्मी, भरिया देखि विदेशबाट आएका पुरुषहरु, मेनपावरमा काम गर्नेहरु र जग्गा दलाली देखि विद्यार्थी अनि शिक्षक समेत रहेको पाईएको छ ।

चेन्ज नेपाल नामक संस्थाले ठमेल गोंगबु र कलंकीमा मनोरञ्जनका क्षेत्रलागायत होटल, गेष्टहाउस तथा सडकमा रहेका १ सय ५ जना व्यवसायिक यौन दुव्र्यवहारमा परेका बालबालिकामा गरेको अध्ययनमा सवैभन्दा बढि ६२.५८ प्रतिशत जनजाति समुहका रहेका छन् भने दोस्रो नम्वरमा वाहुन १३ प्रतिशत रहेका छन् ।

उनीहरुलाई तपाईंहरु कोसँग काठमाडौं आउनुभयो भनेर सोध्दा सबैभन्दा बढि ३३.०५ प्रतिशतले आफ्नै वुवाआमासँग आएको बताएका छन् भने २०.६७ प्रतिशतले आफन्तसँग आएको बताएका छन् ।

यसरी दुव्र्यवहारमा परेका बालिका तथा किशोरीहरु बढि मात्रामा नुवाकोट र धादिङका रहेका छन् । चेन्ज नेपाल नामक संस्थाले कंलकीमै आफ्नो दिवा आवासकेन्द्र सञ्चालन गरी व्यवसायिक यौन दुव्र्यवाहरमा परेका ती बालिकाहरुलाई  लगातार परामर्श दिने र उनीहरुलाई सुरक्षित आवास गृहमा पठाई दीर्घकालीन आत्मनिर्भरताका लागि सहयोग गर्ने कामहरु गर्दै आईरहेको छ ।

 यसैगरी सामाजिक परिचालनका लागि युवा नेपाल, छोरी, विश्वास नेपाल, महिलाका निम्ति महिलामञ्च लगायतका धेरै संघसंस्थाहरुले यसक्षेत्रमा काम गर्दै आईरहेका छन् । तर यति हुँदाहँुदै पनि गरिवी, अशिक्षा र चेतनाको कमीले गर्दा गाउँबाट शहर पस्नक्रम रोकिएको छैन । जसले गर्दा जति नै परामर्श र पुनस्र्थापनाका कामहरु गरे पनि यसरी कामको खोजिमा शहर पसेका बालिकाहरु व्यवसायिक यौन दुव्र्यवहारमा पर्ने क्रम दिन प्रतिदिन बढ्दै गएको पाईन्छ । सरकारले कम उमेर समुहका बालिकाहरु व्यवसायिक यौन दुव्र्यवहारमा पर्ने जोखिम कम गर्नको लागि स्थानीय तहदेखि नै  आर्थिक सशक्तिकरणका कार्यक्रमहरु सञ्चालन गर्न सकेको खण्डमा भोलिका दिनमा आमा वुवाको काखमा लुटपुट गरी खेल्ने उमेर समुहका बालिका तथा किशोरीहरुमाथि हुने व्यवसायिक यौन शोषणका घटनामा कमी आउन सक्छ । चक्रपथ बाट सभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय