
दमक/ युवराज घिमिरे ब्यपारीमाझ नयाँ नाम होइन । दमकमा संघर्षले खारिएर एउटा सफल ब्यवसायी बन्न सफल भएको जुझारु युवा ब्यवसायीमा गनिने नाम हो यो । दमक उद्योग बाणिज्य संघको द्वतिय उपाध्यक्ष बनिसकेका घिमिरे अहिले प्रथम उपाध्यक्षको उम्मेदवार बनेकाछन् ।
रोहन ट्रेडर्ष, पद्मा श्री ट्रेड लिङ, रिया ट्रेड एण्ड सप्लायर्ष लगायतका ब्यवसायिक फर्म सञ्चालन गर्दै आएका निडर स्वभाव भएका घिमिरे दमक उद्योग बाणिज्य संघको ब्यवसायीक हितकोषको संयोजक पनि रहेका थिए ।
प्रगतीशिल प्यानलबाट प्रथम उपाध्यक्षको उम्मेदवार रहेका उनि बाणिज्य संघलाइ पुरानै ढर्राको बनाउने विरुद्ध बाणिज्य संघलाइ आमुल परिवर्तन गरेर अधिकतम रुपमा ब्यवसायीको बनाउने भन्ने बीचको प्रतिस्पर्धा भएको बताउछन् ।
३ बर्षको अवधिमा आफुहरु बाणिज्य संघको मुहार फेरेको र ब्यवसायीको हितमा गरेको कामको निरन्तरताका लागि ब्यवसायीहरुको साथ रहेको उनी बताउछन् । दमकका ब्यवसायीले कसैको प्रभाव र दबाबमा नपरी परिवर्तनकारी समुह अर्थात बिमल खतिवडा सहितको प्रगतीशिल प्यानलमा मत दिने उनको दाबी छ ।
ब्यवसायीक हितकोषलाइ ब्यवसायीहरुको माग र अपेक्षा अनुसार ब्यवस्थित गरेर लैजान, इलम प्रशिक्षण केन्द्रको जग्गा ब्यवस्थित गर्ने काम सकिन लागेकाले यसलाइ सञ्चालन गर्न लगायत बाणिज्य संघप्रति यहाँका ब्यवसायीले गर्व गर्ने अवस्था सिर्जना गराउन आफ्नो उम्मेदवारी भएको उनको भनाइ छ ।




