— प्रियंका सुवेदी ।
आयौ !! आयौ तिमी मेरो जीवनमा, निकै खास बनी !! ओईलिरहेको यो कोपिलामा, नयाँ आस बनी !!

मलाई चाहिने, तिमीले सक्ने, सबै सहयोग गर्यौ, नयाँ ठाउँ र नयाँ परिवेश भित्र छिर्दा, आफ्नै परिवारझैँ गरी, सँगै पाईला चाल्यौ, धन्यवाद पो दिउँ कसरी, गुण लायौ भनि ?, आयौ !! आयौ तिमी मेरो जीवनमा, निकै खास बनी !!
मीठा भाषा प्रयोग गरी, तिखा वाणको गर्दै प्रहार, सिकायौ है तिमीले मलाई, अझै असल - सभ्य व्यवहार, मेरा केही गल्तीहरू, संकेत गर्यौ शिक्षक बनी, आयौ !! आयौ तिमी मेरो जीवनमा, निकै खास बनी !!
केही कुरा यस्तो पनि, गर्यौ जसले पीडा दियो, तर, तर, झुटको पर्दा बेर्नु भन्दा, तितो सत्यै मीठो थियो, रंग बदल्ने सोच्यौ होला, हैन त्यस्तो केही पनि, आयौ !! आयौ तिमी मेरो जीवनमा, निकै खास बनी !! ओईलिरहेको यो कोपिलामा, नयाँ आस बनी !!
तर, तर आज खै कता छौ, बाटो अर्कै तिर मोड्यौ, परिवारझैँ मान्या थिएँ, सम्बन्ध यो बिचमै तोड्यौ, के-के भयो बिचमा कुन्नि, केही भनेनौ तिमीले पनि, (गयौ !! गयौ मेरो जीवनबाट, नयाँ याद बनी !! ओईलीरहेको यो फूलमा, झनै, झनै चर्को घाम बनी !!)२










