विपना बराल
अधिकारकाे सुनिश्चितता व्यवहारबाट अार्थिक, सामाजिक, प्राविधिक र मानवीय परिवर्तनहरू तिव्र रूपमा भईरहे तापनि यहि समाजमा हुर्केका नारिकाे अवस्था भने दिनप्रतिदिन दयनिय बन्दै गईरहेकाे छ। अहिलेका यी बाेक्रे भलाद्मी अर्थात बफादारीकाे घुम्टो अाेढेका बुज्रुकले नै अाफ्ना छाेरि, चेलि, दिदी या बैनी कसैलाई चिन्न छाेडि सकेका छन्। जाे व्यक्ति महिला हक हित र अधिकारका अावाज उठाई भाषण ठाेकि रहेका छन् उनीहरू नै अाफ्ना घरमा रहेका ती महिलालाई एउटा बन्द काेठामा थुनी बाहिरबाट भाेटे ताल्चा मारेर चाबी चनाईमा भिरि मानवताकाे गुणगान गाइरहेका छन्।
अाफुले जन्म दिएकाे बच्चाकाे लालनपालन पाेषण गरि महापुरूषकाे नामाकरण गराउन तल्लिन रहन्छिन् ती अामा कठै, उनकै मान मर्यादा रछानमा थाेपरेकाे फाेहाेरमा तुलना हुन्छ। अनि कसरी हुन्छ मष्तिस्ककाे विकास। अाधा अाकाश अाधा धर्ती अाेगटेका नारी पशुसरह माेलमा बेचविखन र सहरमा खेलाउन राखिएको पुतलीकाे रूपमा स्थापित गराईएकाे छ। जुन व्यक्तिले यस्ता विकराल समस्याको बिजाराेपण गर्दछन् तिनीहरूकै नाम पद उच्च स्थानमा रहेकाे छ। तसर्थ सहि नियम, कानुन र अधिकारकाे मुल्यांकन गरि हिँसा मुक्त समाज निर्माणमा लाग्नुपर्ने अवस्था छ। अहिलेका महिलालाई सान्त्वना हैन समानताकाे खाँचाे छ।
घर भित्र बाहिर देखि लिएर सामाजिक सञ्जालमा सुरक्षाकाे अावश्यकता छ। त्यसैले परिवर्तनको सुरूवात म बाट गराै त लैङ्गकि विभेदलाई जरै देखि फालाैँ अनि मात्र सुन्दर र समुन्नत समाज, राष्ट्र र सारा विश्वकाे कल्पना गर्न सकिन्छ।अन्तमा महिला लाई खादा माला मा सज्जिने पात्र नवनाउँ, अवसर दिउँ, निर्णायकतह मा पुर्याउँ, अगाडी बढ्दै गर्दा प्रोत्साहन गरौँ, केही जाने बुझेका महिलाले बुझ्दै गरेका महिला लाई हौसला बढाउँ, खुट्टा तान्ने प्रबृती हटाउँ, हरेक नारीको ईज्जत र सम्मान गर्न सिकौँ, यसो भन्दै गर्दा हरेक नारी बर्ग पनी आफ्नो ईज्जत र प्रतिष्ठा राख्ने ठाउँ आँफु बनाउँ, अवसर र चुनौती लाई पहिचान गरौँ तब मात्र परिवार , समाज र राष्ट्र समृद्द बन्दछ । हिंसाको अन्त्य गरौँ समतामुलक समाजको निर्माण गरौँ । यो हामी सबैको दायित्व हो ।
बराल दमक बहुमुखि क्याम्पसकी बिद्यार्थी नेताहुन् 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय