#

पुजा चम्लागाई र प्रमिश लिम्बुकाे ‘किसान चोकमा’ के भयाे ? (भिडियाे सहित)

    २०७६ बैशाख ५, बिहीबार १६:४८ मा प्रकासित

मोफसलमा रहेर साहित्यिक कला तथा गीत संगीतमा याेगदान दिइ रहेका गीकार तथा गायक रुद्र भण्डारी ‘धुलो’काे शब्द,संगीत तथा आवाजमा ‘किसान चोकमा गेट’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन ।

मोफसलमा अझै पनि यस्ता कला भएका ब्यक्तिहरु छन जो सगँ कला र क्षमता हुदाँहुदै पनि चर्चामा आऊन सकेका छैनन् । उचित ठाउँ र अवसर नपाएर यस्ता कलाहरु सधै ओझेलमा पर्ने गरेका छन । यस्ता ओझेलमा परेका कलाकार मध्ये एक हुन रुद्र भण्डारी ‘धुलो’ जो कला र क्षमता भएपनि चर्चामा आऊन सकेका छैनन् । तर पनि आफ्नो निरन्तर मिहेनत र संघर्षले गर्दा आज आफ्नो कला दर्शकमाझ ल्याउन सफल भएका छन ।

उनले भर्खरै युटुबमार्फत आफ्नो पहिलो ‘किसान चोक’बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन । उनले यस गीत मार्फत आफ्नो कला मात्र होईन नेपालकाे पुर्बी ठाउँमा ओझेलमा परेका पर्यटकिय क्षेत्रलाई पनि चिनाउने प्रयास गरेका छन । आफ्नै शब्द,संगीत तथा स्वर रहेको यो गीतमा संगीत संयोजन अशोक थापाले गरेका छन ।

यस म्युजिक भिडियोमा प्रमिश लिम्बु र पुजा चम्लागाईले अभिनय प्रस्तुत गरेका छन भने मनोज खत्री,केशव कार्की र श्याम गिरीको पनि अभिनय देख्न सकिन्छ । रंग संयोजन तुलसी बास्कोटा र छायांकन श्याम गिरीले गरेका छन भने यसको सम्पादन तथा निर्देशन ज्ञानेन्द्र कोईरालाले गरेका हुन । यो म्युजिक भिडियोलाई ताजा खबर यूटूब च्यानलबाट बजारमा ल्याईएको हो । र्हेनुहोस पुरा भिडियोः

फेसबुकमा तपाईको प्रतिक्रिया

सवाल नेपाल टिभी

Loading…

Loading...

सम्बन्धित शीर्षकहरु