डायस्पोरामा रहेको संस्थाले डायस्पोरामै रहेका कविको गरेको पहिलो एकल काव्यसाँझ स्कटल्यान्डको एबर्डीनमा भब्यताका साथ उत्साहजनक रुपमा भएको छ ।

उक्त कार्यक्रममा मुकुल दाहाल सबैको आकर्षणको केन्द्र बने ।

दाहालले एक मिनेटसँग, एक दीर्घरोगीको मनोवाद, रंगहरू, प्रेमपत्र र अलमल,  प्रेमको रस शिर्षकमा कविताहरू सुनाएका थिए ।

दाहालले परदेशसँग सम्बन्धीत देस सँग, उनीहरू जो अन्तै अस्ताए र  परदेसबाटै आमाको विदाई शिर्षकमा कविताहरू वाचन गर्दा सहभागिहरु मन्त्रमुग्ध भएका थिए।

देसमा आफ्ना बुवा वाआमाको देहान्त भएको बेला परदेसबाट अन्तिम संस्कारमा जान नसक्दाको पीडालाई विषय बनाइ लेखिएको कविता परदेसबाटै आमाको विदाई वाचन गर्दा कतिपयको आँखाबाट आँशु नै झरेको थियो ।

नर्थ एन्डरसन ड्राइभमा अवस्थित चर्चको सभाहलमा भएको कार्यक्रमको सुरूवात अनुसन्धानकर्ता तथा कवि मधु सुवेदीको स्वागत मन्तब्य राखेका थिए । काव्य समुहका संस्थापकतथा नेप्लिज हिमालयन एसोसिएसन स्कटल्यान्डका अध्यक्ष कवि नविन क्षेत्रीले मुकुल दाहालको बारेमा तयार पारिएकोश्रब्यदृश्य प्रस्तुत गरेका थिए ।

साहित्यकारहरू कृष्ण धरावासी, युवराज नयाघरे, अमर नेउपाने, शैलेन्द्र साकार र गोपी सापकोटाका विचारहरू समेटिएका थिए ।कार्यक्रम सन्चालन दिलिप उप्रेतीले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर