काठमाडौँ / व्यवस्थापिका–संसद्को आजको बैठक केहीबेर चलेपछि गणपुरक सङ्ख्या नपुग्दा आधा घन्टाका लागि स्थगन भएको छ ।
विभिन्न संवैधानिक आयोग गठनसम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने क्रममा सांसद डिल्लीप्रसाद काफ्लेले बैठकमा गणपुरक सङ्ख्याका बारेमा प्रश्न उठाउनुभएको थियो ।

त्यसलगत्तै सभामुख ओनसरी घर्तीले तीन मिनेटको जनाउ घन्टी बजाउन निर्देशन दिनुभएको थियो । बैठक सञ्चालनका लागि कम्तीमा १४९ सांसद हुनुपर्नेमा कुल १२५ सांसद मात्र उपस्थित हुनुहुन्थ्यो ।  सो समयमा पनि गणपुरक सङ्ख्या अपुग भएपछि बैठक आधा घन्टाका लागि स्थगन भएको उहाँले जानकारी दिनुभयो ।  संसद्को बैठकमा कुनै पनि विषय निर्णयार्थ प्रस्तुत हुन कम्तीमा एक चौथाइ मत आवश्यक पर्ने कानुनी प्रावधान छ । रासस

प्रतिक्रिया

सम्बन्धित खवर