हामी सभ्यताका नाउँमा,स्वतन्त्रताका नाउँमा ,आधुनिकताका नाउँमा हामिले हाम्रो मनलाई भाँड्दै लगिरहेका छौँ । भोलि यस्को परिणाम के ? सोच्नुस् त !

स्वतन्त्रताको परिणती के त ? अनुशासन हिनताको परिणती के त ? सोच्न जरुरी छ ।
आज लुकाएर/ ढाँटेर जोडेको सम्बन्धको परिणती के ? आज छलकपटमा राखिएको सम्बन्धको परिणती के ? त्यो सवालको जवाफ हामिले आजै खोज्न जरुरी छ । हामी क्षणभरको रमाइलो र आनंदको लागि हामिले गरिरहेको गल्तिको परिणाम के ?

समाजबाट तिरस्कृत ,अपमानित,अपहेलित ,पारिबारिक रुपले प्राप्त गरिने प्रेमको बिखण्डन् यस्ता धेरै परिणामहरुको सिकार जिबन भताभुङ्ग/ लथालिङ्ग,सम्पत्तिको नाश जस्ता थुप्रै परिणामहरुलाई हामिले स्विकार्नुपर्ने बाध्यात्मक अवस्थाको सृजना हुन आउँछ त्यसैले आफ्नो वास्तविक सम्बन्ध कसरी सु- ब्यवस्थित गर्ने भन्ने बारेमा सोच्न जरुरी छ ।

हामी जसरी कल्पनामा डुब्छौँ त्यो कल्पना भावनासंङ्ग जोडेर हेरौँ ! महशुस गर्नेकुरा हो,महशुस आफै संङ्ग स्थायि रुपमा गरेर रमाउने प्रयत्न गरौँ त्यसले दिर्घ आनंन्द दिन्छ । दृघ सन्तुष्टि दिन्छ । त्यो नै सबैभन्दा चिरकालिन सुख हो । यस्लाई अनुभुत गर्ने गरौँ ।

लेखक/ सम्पादन : केबि महरा

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय