भारतको तमिलनाडुस्थित पुडुकोट्टई जिल्लामा मानव बलिको पीडादायी घटना भएको छ । १३ वर्षकी एक किशोरीलाई उनकै पिताले तान्त्रिकको सल्लाहबमोजिम बलि दिएर मारेका छन् । प्रहरीका अनुसार, पनीरसेलवम नामक व्यक्तिको पहिलो पत्नी इन्दिराबाट चार सन्तान र अर्की पत्नी मूकईबाट दुई सन्तान थिए । विद्या सबभन्दा कान्छी छोरी थिइन् ।

मे १९ मा विद्या पानी लिन गएपछि घर फर्किनन् र परिवारका मानिसले खोज्न थाले । पछि उनी घरैनजिक गम्भीर चोटपटक लागेको अवस्थामा फेला परिन् । उनलाई तंजावुर मेडिकल कलेजमा भर्ना गरियो । उपचारका क्रममा विद्याको मृत्यु भयो ।

एसपी पीभी अरुण शक्ति कुमारका अनुसार, पनीरसेलवम र मूकईले आर्थिक समस्या कसरी समाधान गर्ने भनी सल्लाह गरे । मूकईले पतिलाई एक तान्त्रिकसँग भेट्न लगाइन् । तान्त्रिकलाई गरीबी कसरी हटाउने भनी सोध्दा एक छोरीको बलि दिएमा काम बन्ने बताए ।

त्यसपछि पनीरसेवेलम र मूकईले छोरी विद्यालाई मारे ।

मूकईको मृत्यु गत शनिवार भइसकेको छ भने पनीरसेलवमले प्रहरीको कडा सोधपुछपछि अपराध सकारेका छन् । तान्त्रिकले भनेपछि विद्यालाई मारेको उनले प्रहरीलाई बताए । प्रहरीले पनीरसेलवमलाई हिरासतमा राखेको छ भने तान्त्रिक र हत्यामा संलग्न अन्य दुई मानिसको खोजी गरिरहेको छ । नवभारत टाइम्सबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय