#

जीवनमा खानाको महत्व


डा. लेखनाथ नेउपाने

हाम्रो शरीर भनेको पञ्च तत्व (पृथ्वि, जल, आकाश, वायु र तेज) को मिश्रण हो । यीनै पञ्च तत्वले संसार पनि बनेको छ । हामीले जीवनलाई वचाउन र शरिरमा शक्ति प्राप्त गर्न खाना खानैपर्छ ।

जन्मेपछि वाँच्न र ठूलो हुन यिनै पञ्च तत्वले बनेको वातावरणमा पाकेका र फलेका खानेकुरा खाइन्छ । खाना विना हामी लामो समय वाच्न सक्तैनौ । तर, त्यही खाना हामीले सही तरिकाले खान जानेनौ भने मन्दविष (स्लोप्वाइजन) को जस्तै काम गर्छ र हामी विभिन्न रोगका सिकार हुनपुग्छौ ।

जसले हामीलाई बडो कष्टका साँथ वाँच्न वाध्य पार्छ र असमय नै जीवन समाप्त हुन्छ । पहिले पहिले प्राय सर्ने रोगको महामरी थियो । आजकल नसर्ने रोगको महामारी छ । यसको कारण हामीले खोज्नुपर्ने हुन्छ । अझ यो कोरोना भाइरसको संक्रमणबाट बच्न त सन्तुलित र पौष्टिक खाना

को ज्यादै महत्व वढेको छ ।

खाना आर्थत डाइट शव्द ग्रीकको डायेटिया बाट आएको हो । यसको अर्थ जीन्दगी जिउँने तरिका अर्थात जीवनशैली भन्ने हुन्छ । खानाका तीन कार्य हुन्छन् । शारीरिक कार्य जसमा खानाले शक्ति दिन्छ । शरीरको वृद्धि तथा मर्मत गर्छ र सञ्चालन गर्छ । रोग लाग्नबाट बचाउछ । मनोबैज्ञानिक कार्यमा भोक हटाई भावनात्मक कार्य पुरागर्छ । र, सामाजिक कार्यमा खाना, सामाजिक जीवनको प्रतिक हो ।

यसले सम्बन्ध बलियो बनाउँछ । स्वास्थकर भोजन गरियो भने औषधी चाहिदैन, भोजन अस्वस्थकर भए औषधी गरे पनि निको हुदैन । अनि खान जिब्रोको लागि होईन शरीरका लागि खाने हो । हामीले के खादा, के काम गर्दा, कस्तो व्यायम गर्दा, कस्तो योग अभ्यास गर्दा, मन र मस्तिष्कमा के कुरा राख्दा र कति बेला सुत्दा हामी स्वस्थ रहन सक्छौ भन्ने कुरा हामीले सिक्दै जाने हो ।

मानिस आमाको पेटमा आउदा नै बडो संघर्ष गरेर आएको हुन्छ । पिताको वृयमा रहेको शुक्रकिट र माताको अण्डासयबाट बाहिर आएको अण्डको मिलन निक्कै कडा प्रतिस्पर्दा बाट हुन्छ । लाखौँको संख्यामा रहेका शुक्रकिट मध्ये एकले मात्र स्थान पएर निसेचित अण्ड तयार हुन्छ । यो निसेचित अण्डा नै हाम्रो जीवनको शुरुवात हो । यो अण्डा अब आमाको पाठेघरमा आएर वस्छ र जीवनको विकास सुरुहुन्छ । अनेक वाधा अवरोध र आमालाई कष्ट दिदै हामी दश महिनाको समयमा सानो द्धारबाट बडो कस्टका साँथ बाहिर अर्थात यो संसारमा आउछौ ।

आमाको स्तन चुसेर हाम्रो शिशु अवस्था अगाडी वढ्छ । क्रमश वढ्दै जादा हामीलाई पचाउन सक्ने खेनेकुरा खुवाइन्छ । आमाको दुधसँगै हामी अन्य खानेकुरा खाएर आमा बुबाको मात्र होइन यो पृथ्विको ऋणि हुनपुग्छौ । जति जति उमेर वढदै जान्छ उति उति हामी यो पृथ्विमा रहेका वस्तुको ऋणि बन्दै जान्छौ । हामीले यही बाट हावा (स्वासप्रस्वास) लिन्छौ ।

पानी, अन्न तरकारी यही माटोमो फलेको खान्छौ । माछामासु खान्छौ । जे गर्नु छ यही प्रकृतिले दिएको उपहारमा गर्छौ र हाम्रो शरीरको अन्त्य पनि यसै माटोमा हुन्छ । यसको अर्थ हामी आमा बुबा आफन्त मात्र हेइन पृथ्वि, आकश, जल, वायु, र तेज सबैको ऋणि भएर जान्छौ ।

हामीले बुझ्नु पर्ने कुरा के हो भने हामीलाई हरेक कुरामा प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्ने मथीका तत्वको संरक्षण गर्नुपर्छ । यो हाम्रो धर्म, आवश्यता र अनिवार्यता पनि हो । हामी स्वस्थ रहन सक्यो भने मात्र हामी माथी भनिएका तत्वहरुको संरक्षण गर्न सक्छौ । अब प्रशन उठ्छ हामीले के गर्दा हाम्रो शरीर स्वस्थ रहन सक्छ त ? सर्व प्रथम त शिक्षाको आरम्भ सँगै यो राम्रो यो नराम्रो, यो खान हुने यो खान नहुने भन्ने जस्ता ज्ञान हामीमा आउदै जान्छ ।

कस्तो खाना खाँदा शरीरमा शक्ति प्रदान हुन्छ, कस्तो खाना खाँदा शरीरलाई चाहिने अन्य पदार्थहरु जस्तै भिटामीन, मिनरल, प्रोटिन र अन्य तत्वहरु प्राप्त हुन्छ । जसले शरीरलाई मानसिक शारीरिक रुपमा स्वास्थ राख्छ । यसको ज्ञान हुनु आजको समयमा त झनै आवश्यक छ । किनभने आज मानिस बजारे (फास्ट फुड)मा रमाउन थालेको । पकेटका खनेकुरामा छाक टार्न थालेको छ ।

मानिसको पाचन प्रकृया विस्तारो र लामो समयसम्म चल्ने हुँदा हरेकले ध्यान पुर्याएर मात्र खानुपर्छ । प्राय पशुहरुको आन्द्रा छोटो हुन्छ । अनि उनीहरुको पचाउने क्षमता पनि उच्च हुन्छ । नपचेको वस्तुलाई सजिलै मलको रुपमा प्mयाक्ने प्राकृतिक नियम अनुसार उनीहरुले मल त्याग गरेसँगै शरीरमा धेरै असर रहदैन । तर मानिसको पाचन प्रणली धेरै लामो हुन्छ ।

एउटा वयस्क मानिसमा मुख देखि मलद्धारसम्मको लम्बाई करिव ८ मीटर लामो हुन्छ । मुखबाट खाएको खानेकुरा मलद्धार बाट निस्कन स्वस्थ अवस्थामा कम्तिमा पनि २४ घण्टा लाग्छ । जति धेरै आन्द्रमा हामीले खाएको र शरीरलाई नचाहिने वस्तु रह्यो त्यती धेरै शरीरमा त्यसले निकाल्ने अनावश्यक पदार्थ आउछ ।

पेट फुलिन्छ, ग्यास धेरै बनिन्छ, खाना रुच्दैन्, अपच महशुस हुन्छ, वान्ता हुन खोज्छ आदि आदि । यसको अर्थ पेट सफा हुनेगरि मल त्याग नहुनु हो । भन्ने गरिन्छ ‘शरीरमा देखापर्ने धेरैजसो रोगको जरो भनेको नै कव्जियत हो ।’ जहाँ समयमा र यथेस्ट रुपमा मल त्याग हुँदैन अनेक प्रकारका रोगको सुरुवात त्यही बाट हुन्छ ।

आज नेपाली हामी सबै भन्दा धेरै पेट रोगका शिकार भएका छौ । त्यसको एउटै कारण हो कब्जियत । लामो समयमा मात्र मल त्याग गर्ने बानी या पटक पटक मल त्याग गर्ने इच्छा भए पनि पूर्ण रुपमा त्याग नहुनु । नेपालीको प्यावा रोग भनेर चिनिएको ग्यास्ट्रिक र पायल्स अधिकांशमा कव्जियतका कारण बाट नै भएको हो ।

कुरर्आन धर्म शास्त्रका अनुसार ‘सन्सारमा भएका सबै वस्तु मानिसका लागि बनाइएका हुन् । यिनीहरुको सही उपभोग गर्न सके संसारको नियम भंग हुँदैन तर, यसको दुरुपयोग भएमा अनेकन विपत्ती, रोग, शोक आदि आउछन् ।’ हो वास्तवमा हामी मानिसलाई संसारमा रहेका हरेक जसो वस्तु, जनावर, बोटविरुवा, खोला, समुन्द्र, हिमाल, पहाड कुनै न कुनै बेला आवश्यक पर्छन् ।

यदि हामीले आफ्नो आवश्यकतामा मात्र उपयोग या उपभोग गर्यौ भने हरेकको जीवन चक्र सही रुपमा चल्छ । संसारका धेरै जसो जनावर मासुका लागि प्रयोग हुन्छन् । बोट विरुवा काठपात र घासका लागि प्रयोग हुन्छन् । सागसब्जी अन्पात खानका लागि र शक्ति प्राप्त गर्नका लागि प्रयोग हुन्छन् । किट पतंग वातावरण सफा राख्नका लागि प्रयोग हुन्छन् । चराचुरुङ्की सुन्दर प्रकृतिलाई सजाउन र वातावरण सफा राख्न प्रयोग हुन्छन् । हो यिनै वस्तु खानका लागि पनि प्रयोगमा आउछन् । हरेक वस्तु सही तरिकाले उपभोग गरे पक्कै पनि हामी स्वास्थ रहन सक्छौ ।

एउटा कटु सत्य, ‘खानलाई बाच्ने होइन बाच्नलाई खाने हो ।’ हो वास्तवमा आजकल हामी धेरैजसो खानलाई बाचेका छौ । हरेक दिन नयाँ र गरिष्ट भोजनमा रामउन चाहन्छौ । शरीरलाई कति आवश्यक छ त्यसको वास्तै नगरी हामी घाटीसम्म भरिने गरी विभिन्न प्रकारका खाना एकै पटक खान्छौ । पच्ने र पचाउने ठाउँ र समय नै दिदैनौै । मासु जन्य या गरिष्ट भोजन गरेपछि पेटलाई कम्तिमा पनि १२ घण्टा खाली रहन दिनुपर्छ । मात्र पानी पिए पुग्छ । खानै परे पनि हलुका सहजै पचाउन सकिने फलफुल अदि खानुपर्छ ।

हरेक १५ दिन या एक महिनामा एक दिन उपवास वस्नसके शरीरका लागि अति उत्तम हो । खाली वस्न नसके हुलुका सहजै पच्न सक्ने खनेकुरा खाएर पाचन तन्त्रलाई आराम दिनु राम्रो हो । यसो गर्दा हाम्रो पाचन शक्ति वढ्छ । कलेजो र आन्द्रका विभिन्न भागबाट निस्कने पाचन रस(इन्जाइम) सक्रिय हुन्छन् । जसले तपाइलाई स्वास्थ रहन सहयोग पुर्याउछ ।

तर, हामी कति स्वार्थी र लोभी छौ भन्ने कुरा हाम्रो व्यवहार बाटै थाहा हुन्छ । जति सुकै हिंसक जनावर भए पनि पेट भरिएपछि रहेको आहार छाडीदिन्छ र अरुले खान्छन् । तर हामी मानिस भने शरीरलाई पुनः खानु आवश्यक छ कि छैन् कति खरव या सही हो जानेर या नजानेर पटक पटक या धेरै दिनसम्म त्यही खानेकुरा खानेगछौँ । जस्तै मासुकै कुरा गरौ, एक दिन पकाएर धेरै दिनसम्म खाइन्छ, खाना पकाएर फ्रिजमा राखेर धेरै दिनसम्म खाइन्छ, पेटमा मज्जाले भोक नलागी फेरी कोची कोची खाइन्छ ।

पाउँना पाछा जादा या घरमा आउँदा विभिन्न परिकार ख्वाउने प्रचलन छ । एकै पटकको बसाइमा माछा मासु पनि खाएकै छ, मिठाई जन्य परिकार पनि खाएकै छ, दुग्ध जन्य परिकार पनि खाएकै छ । शारीरिक व्यायम र काम भने केहि पनि छैन् । अब खाएको खाना पचोस कसरी ? र, पचे पनि शरीरमा बोसोको रुपमा जम्मा हुने भयो । परिणाम मोटो ज्यान, मुटु, मधुमेह, मृगौला बिग्रने जस्ता रोग ।

हामी नेपाली चाडपर्व धेरै दिनसम्म मनाउछौ । मासु दुग्ध जन्य पदार्थ वढी सेवन गछौ, मदिरा प्रसस्तै चल्छ । कारण ज्यान मोटो हुन्छ । अनि विस्तारै कित पेटको रोग लाग्छ कित नसर्ने रोग लाग्छ, जस्तै उच्च रक्तचाप, मधुमेह, गाउँट ,अल्सर आदि । एउटा तथ्याकले देखाए अनुसार ‘एउटा मासहारी मानिसले आफ्नो पुरै जीवनमा ७ हजार पशुको मासु खानेगर्छ ।’ यो तथ्याक बाट हामी कति खादा रहेछौ भन्ने देखाउँछ । अनि संसार भर कति पशु मारिदाँ रहेछन् खानकालागि ।

अनि पशु अथवा जंगली जनावर नघटने त कुरै भएन नि । यसरी नै साकाहारीले कति बोटविरुवा फलफुल खादा हौँ । यदि खाएर पनि अर्को नरोप्ने हो भने शुद्ध अक्सिजन कहाँबाट आउँने, प्रसस्त फलफुल सागसब्जी कहाँबाट पाउँने । यसरी नै हरेक वर्ष नयाँ नयाँ ठाउँमा शहर बनिने क्रम वढेको छ । रुख विरुवा काटिएका छन् । वातावरणमा उस्तै पोलुसन वढेको छ ।

खोइत हामीले पर्यावरणको संरक्षण गरेका । खोइ त हामीले जीवन दिने पञ्च तत्वको ख्याल राखेका ? त्यसैले आजै बाट सचेत बनौ । स्वास्थ खाना र स्वास्थ पानी पीऔँ । रुख रोपौ, पर्यावरण सफा राखौँ । स्वास्थ जीवन विताऔ अनि प्रकृतिको संरक्षण गरेर ऋण मुक्त हुने प्रयत्न गरौं र कोरोना स्रक्रमणबाट पनि बचौं ।

लेखक: रीता होमियो क्लिनिक सेन्टर दमकका संचालक हुन् ।

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु