बलिउडकी चर्चित अभिनेत्री रिमा लागूको निधन भएको छ । लागूको ५९ वर्षको उमेरमा ह्रदयघातका कारण मृत्यु भएको चिकित्सकले जानकारी गराएका छन् । बुधबार अबेरसम्म स्टार प्लस च्यानलबाट प्रसारित भैरहेको टेलिचलचित्र ‘नामाकरण’को छायांकन सकेर लागू घर गएकी थिइन् । राती १ बजे उनले छाती दुखेको बताएपछि परिवारका सदस्यले मुम्बईस्थित कोकिलाबाई धीरुभाई अम्बानी अस्पताल पुर्याएका थिए । तर रिमालाई बचाउन चिकित्सकको प्रयास सफल हुन सकेन । राती तीन बजेर पन्ध्र मिनेट जाँदा उनको निधन भएको अस्पतालले जानकारी दिएको थियो । सन् १९७० को अन्त्यतिर मराठी र हिन्दी चलचित्रबाट रिमाले क्यारियर सुरु गरेकी थिइन् । अन –स्क्रिन आमाको रुपमा निकै नै चर्चित रिमाले मैने प्यार किया , हम आपके हे कौन , कुछ कुछ होता है जस्ता चर्चित चलचित्रमा अभिनय गर्नुभएकोे थियो । रिमाले सलमान खानको आमाको भूमिकामा सबैभन्दा बढी ११ चलचित्रमा सँगै काम गरेकी छिन् । यस्तै लोकप्रिय टेलिसिरियल ‘तू तू मै मै’, श्रीमान श्रीमती लगायतमा समेत काम गरेकी थिइन् । अकस्मात भएको उनको निधनलाई बलिउडमा अपूर्णीय क्षतिको रुपमा लिइएको छ । उनको मृत्युको खबर सुनेपछि बलिउडका हस्ती आमिर खान, महेश भट्ट लगायत अन्तिम श्रद्धाञ्जली दिन पुगेको थिए ।
बलिउडकी चर्चित अभिनेत्री रिमा लागूको ह्रदयघातका कारण निधन
सवाल नेपालसंवाददाताबिहीबार, ३ जेठ २०७४

बलिउडकी चर्चित अभिनेत्री रिमा लागूको ह्रदयघातका कारण निधन
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
साहित्यकार 'रोहित'को कविता 'कंक्रिट रुपी जंगल'

यो पनि पढ्नुहोस् »
चीनले धेरैभन्दा धेरै नेपाली फिल्मलाई स्वागत गर्ने
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

साहित्यकार 'रोहित'को कविता 'कंक्रिट रुपी जंगल'
सोमबार, २० चैत २०७९
चीनले धेरैभन्दा धेरै नेपाली फिल्मलाई स्वागत गर्ने
शुक्रबार, ३ चैत २०७९
ओस्कार अवार्डमा कसले के के जिते: हेर्नुहोस सूची
सोमबार, २९ फागुन २०७९
सफाई पाएर रिहा हुँदा प्रफुल्ल देखिए पल
सोमबार, १५ फागुन २०७९
कविता : के धुवाँ हुनु भनेको हृदयको नजिक हुनु हो?
आइतबार, १४ फागुन २०७९



