अन्तिम संस्कारका लागि श वलाई चितामा राखिएको थियो । चितामा आ गोसमेत लगाइएको थियो । तर एक्कासी चितामाथि राखिएका ती व्यक्तिले टाउको हल्लाएपछि को’कोहोलो मच्चि’यो । मृ त ठानिएका व्यक्ति चल्मलाउन थालेपछि केही मलामी भागेको भारतीय मिडिया आजतकले बताएको छ ।

भारतको ओडिशास्थित कपकहाला गाउँका स्थानीय सिमाञ्चल मलिकलाई अन्तिम संस्कार गर्दै गर्दा टाउको हल्लाएको देखेपछि उनलाई सामुदायिका स्वास्थ्य केन्द्र पुर्‍याइएको थियो ।

‘केही सेकेन्डको अन्तरालमा उनी हल्लिन थाले, उनले मुखबाट सास पनि फेर्न थाले । हामीले हतारहतार चिताको आगो निभायौं र थाहा पायौं कि सिमाञ्चल मृ त होइन बेहोस् मात्र भएका रहेछन्,’ आफन्त मुरलीधर मल्लिकले भने ।

डाक्टरका अनुसार अस्पताल भर्ना हुँदा सिमाञ्चलको नाडीको गती निकै कम थियो । स्थानीयले उनको स्वास्थ्य परीक्षण नगरीकनै अन्तिम संस्कारका लागि लगिएको डाक्टरले बताए । ‘यो ठिक भएन । डाक्टरले मृ त घोषणा गरिसकेपछि अथवा श वको पोस्टमार्टमपछि मात्रै अन्तिम संस्कार गरिनुपर्छ,’ डाक्टरले भने ।

पुलिसका अनुसार मलिक शनिबार बाख्रा र भेडा चराउन जंगल गएका थिए तर बेलुकासम्म वस्तु फर्किसकेपछि पनि उनी फिर्ता नभएपछि परिवारले खोज्न जाँदा उनलाई नजिकैको जंगलमा अचेत लडिरहेको भेटेका थिए ।

यो पनी पढनुहोस

साग उद्घाटनको पुर्वसंध्यामा दशरथ रंगशालामा आतिसबाजी

काठमाडौं: दक्षिण एसियाली खेलकुद (साग) को १३औं संस्करण आइतबारदेखि सुरु हुँदैछ । नेपालले सन् २०१६ मा यो प्रतियोगिता आयोजनाको जिम्मेबारी पाएको थियो । नेपालले जिम्मेवारी पाएको दुई वर्षभित्र यो प्रतियोगिता आयोजना गर्नु पथ्र्यो । तर, अपर्याप्त भौतिक पूर्वाधारका कारण पटकपटक प्रतियोगिता स्थगित हुँदै आएको थियो ।

अन्नतः चौथो पटक तोकिएको मितिमा आएर १३औं सागले साकार रुप लिने अवसर जुरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतियोगिताको उद्घाटन गर्नेछिन् । उद्घाटन अगाडि नै दशरथ रंगशालामा आतिसबाजी गरिएको छ । उद्घाटन सत्रको तयारी स्वरुप शुक्रबार साँझ आतिसबाजी गरिएको हो ।

राती मोबाईल प्रयोग गर्दा हुने हानीहरु छोटकरीमा

तौल बढ्ने

सुत्ने बेलामा मोबाईल फोन प्रयोग गर्नाले मेटाबलिज्म प्रोसेसमा असर पर्छ । जसले गर्दा हाम्रो तौल बढ्छ ।

समस्या समाधानमा कठीन

सुत्ने बेलामा मोबाईल प्रयोग गर्नाले हामी त थाक्छौ नै यसका साथै हाम्रो ब्रेन पनि थाक्ने गर्छ । जसका कारण कुनै पनि समस्याको सजिलै समाधान निकाल्न सकिदैन । हामीमा सोच्ने शक्तिको कमी हुन्छ ।

दिमागलाई असर

सुत्ने बेला मोबाईल फोनको प्रयोग गर्नाले दिमागलाई धेरै सोच्नु पर्ने हुन्छ । जसका कारण मेमोरी लसको समस्या पनि उत्पन्न हुन सक्छ ।

आँखामा प्रेशर

अंधेरोमा मोबाईल प्रयोग गर्नाले आँखामा धेरै प्रेशर पर्छ । जसले गर्दा आँखा रातो र कमजोर हुने समस्या हुन सक्छ । यसले आँखाको समस्या बढ्ने गर्छ ।

निन्द्रामा समस्या

यदि तपाँई मोबाईल छेउमा राखेर सुत्नुहुन्छ भनेपनि तपाईको लागी खतरा पनि छेउमै हुन सक्छ । मोबाईल छेउमा राख्दा नोटीफिकेशन अन अफ ,र भाईब्रेशनका कारण निन्द्रा गडबड हुन्छ । निन्द्रा पुरा भएन भने हामीलाई काम गर्न कठीन पर्छ ।

ध्यान दिन नसक्नु

मोबाईलको प्रयोग रातीमा गर्नाले फोकसमा समस्या हुन्छ । यसले हामीमा ध्यान दिने र सुन्ने समस्या उत्पन्न हुन्छ । डिप्रेसन यदि तपाई मोबाइल चलाईरहनु हुन्छ भने तपाईलाई डिप्रेसन भएको हुनसक्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय