कविता अधिकारी

काठमाडौं, २१ असार–नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’को स्थायी समितिको विवाद अहिले नेता कार्यकर्ताको बीचमा पुगेको छ । बैठकमा नेकपाकै शिर्ष नेताहरुबाट प्रधानमन्त्री ओलीको राजीनामा माग भएपछि प्रधानमन्त्रीलाई हटाउन पाइदैन भन्दै ओलीको समर्थनमा देशभर नेपाली जनता सडकमा निस्किएका छन् । माथि स्थायी कमिटीदेखि तलसम्म प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने गहकिलो आधार नभईकन किन सरकार हटाउने चलखेल हुँदैछ भन्दै नेकपाकै कार्यकर्ता र जनतामा एकखालको कौतुहलता छाएको छ । भारतले अतिक्रमण गरेको नेपालको जमिन कालापानी, लिपुलेक र लिम्पीयाधुरा समेटेर नयाँ नक्सा सार्वजनिक गरेपछि प्रधानमन्त्री हटाउने खेल शुरु गरेकै थियो, त्यसलाई नेपालका नेताहरुबाट नै सहयोग गरेको देखिन्छ । कोरोना भाइरसका कारण विश्वनै आक्रान्त बनिरहेका बेला सही गन्तब्यमा हिडिरहेको सरकारलाई एक्कासी ब्रेक लगाउन खोज्नु, अन्तत यो कुर्सी मोह नै हो ।

पार्टीभित्र विधि विधानका कुरा उठाउनेले विधि विधान कायमगर्ने काममा क्रियाशिल हुनुपथ्यो । जनताद्धारा निर्वाचित प्रधानमन्त्रीलाई एकोहोरो राजीनामा नै हाम्रो बटमलाईन हो भन्न मिल्छ ? प्रधानमन्त्रीको कामप्रति सन्तुष्ट हुनुभएन भनेर औला ठड्याउने मानिसले आफनो जिम्मेवारी कति पुरा गर्नुभयो भनेर आम कार्यकर्ताले प्रश्न उठाउने बेला भएको छ ।

दोस्रो वरियताका पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकिकरणपछि पार्टी सुदृढीकरण गर्ने, विचार निमार्ण गर्ने, संगठन निमार्णको पक्षमा कतिवटा जिल्ला भ्रमण गर्नुभयो ? कति कार्यकर्तालाई प्रशिक्षित गर्नुभयो ? पार्टीको तर्फबाट वैधानिक निर्णय गरेर पार्टीलाई कति सुझाब दिनसक्नुभयो ? त्यस्तै विदेश विभागको प्रमुख समेत रहनुभएका पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीले दिएको पदिय जिम्मेवारीका सन्दर्भमा कतिदेशमा पार्टीको भाइचारा सम्बन्ध कायम गर्नुभयो ? नेपालको कुटनीतिक क्षेत्रलाई विस्तारगर्ने काममा होस वा पार्टीको वैदेशिक नीति निमार्णगर्ने सन्दर्भमा देशभित्र वा देशवाहिर कति छलफल चलाउनुभयो ? पार्टीको संगठन विभागको जिम्मेवारी तोकिएका वामदेव गौतमले संगठन विस्तारको काममा कति योगदान दिनुभयो ? नीति अनुसन्धान प्रतिष्ठान प्रमुख झलनाथ खनालले पार्टीका तर्फबाट देशको आर्थिक सामाजिक विकासका निम्ती कति नीति, कार्यक्रम, योजना बनाउनुभयो ? पार्टीभित्र हरेक जिम्मेवारी पाउने नेताहरुले स्थायी कमिटी या सचिवालयका नेताहरुले आफुले पाएको जिम्मेवारी पुरागर्नु भएको छ की छैन ?

आफुले पाएको जिम्मेवारी पुरा नगर्ने ? पुरा गर्ने काममा सिन्को नभाच्ने, सधै गुटको खेतीमा मात्रै रमाउने, जनचाहना विपरित पदको बाँडफाँड गर्दे प्राप्तिका लागि प्रधानमन्त्रीको राजीनामा नै पहिलो शर्त हो भन्ने कार्यले अहिले उहाँहरुको जिम्मेवारी र भूमिका प्रति कार्यकर्ताहरुले प्रश्न उठाउन थालेका छन् ।

हो, पार्टी विधिबाट चल्नुपर्छ । पार्टीभित्र विधिको कुरा गर्नुपर्दछ । पार्टीभित्रको आन्तरिक लोकतन्त्रलाई सुदुढ गर्नु सवै नेताहरुको पहिलो कर्तव्य हो तर आफु प्रधानमन्त्री बन्ने इच्छा पुरागर्न जनचाहना विपरित पार्टीमा एकोहोरो प्रधानमन्त्रीको राजीनामा माग्नु समस्याको समाधान होइन् ।

पार्टी एकीकरणको एक बर्षभित्र महाधिवेनको काम सम्पन्न गर्ने निर्णय हुँदाहुँदै त्यसको कार्यान्वयन किन भएन ? सहमतिमा दुईबर्षमा महाधिवेशनको कामगर्ने भनिएपनि त्यसमा थोरैपनी काम हुननसक्नु आफैमा दुखद पक्ष हो । संक्रमणकालीन र तदर्स समिति जस्तै अवस्थामा रहेका नेकपाका पार्टी कमिटीहरुले आफना संगठित सदस्यको मर्म र भावना बुझन सक्छन की सक्दैनन ?

वर्तमान अवस्थामा रहेका पार्टीका कमिटीहरुले नेकपामा सवै संगठित सदस्यहरुको प्रतिनिधित्व गर्न सक्छन की सक्दैनन ? पार्टी अध्यक्ष पद स्थायी होइन, केपी शर्मा ओलीलाई पार्टी अध्यक्ष र प्रधानमन्त्रीबाट हटाउने नै भए महाधिवेनको माग गर्न परयो र पार्टीभित्र विधि विधान स्थापित गर्न परयो ।

केपी शर्मा ओलीलाई प्रधानमन्त्रीबाट हटाउने भए संसदको फोरममा छलफल हुन परयो अन्यथा विधि र विधानभन्दा बाहिर गएर संक्रमणकालिन पार्टी कमिटीको प्राविधिक बहुमतका नाममा प्रधानमन्त्रीको राजीनामा माग्ने कुनै अधिकार छैन । चक्रपथ बाट संभार 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय