विष्णु चुडाल,
महिलाको रजस्वला प्रक्रिया हिन्दु संस्कृतिमा प्रचलित परम्परा आज निकै आलोचनाको विषय बनेको छ। जसलाई २१औं शताब्दीका नारिहरु पुर्ब जन्मको कुकर्मको फल हो भनेर धार्मिक शास्त्रमा भनिएको छ भन्दै अहिलेका आधुनिक युगका हिन्दु नारिलाई चरम यातना दिइएको छ। रजस्वला महिलाको गर्भाशयको भित्री योनिबाट निष्कासन हुने प्रक्रिया बुझिन्छ । साधारणतया रजस्वला १२ देखि १५ बर्षको उमेरमा देखा पर्दछ। कसै कसैमा ८ बर्ष देखि नै रजस्वलाको लक्षण देखिने गरेता पनि यो कुनै नौलो कुरा होइन। प्रथम पटक महिनावारी हुँदा माइती पक्षको मुख हेर्नू हुन्न भनी २ हप्ताको समयसम्म लुकेर बस्नु पर्ने हुन्छ। रजस्वलाको अन्तर लगभग २८ दिन हुने गर्दछ। यो क्रमश महिलाहरुमा ४५ देखि ५५ बर्ष भित्रमा हराएर जान्छ। रजस्वला एउटा प्राकृतिक सरसफाइ पनि हो अर्थात रजस्वला (महिनावारी) हुनु भनेको एउटि नारी हरेक महिना गर्भवती हुन तयार भएको संकेत हो।

सृष्टिको फुल बोकेका अर्थात सुन्दर फलको क्षमता र सुनौलो स्वरुप बोकेका एउटा चक्र जुन सृष्टिको लागि अनुपम छ। यहि सुनौलो क्षमतालाई बिश्व समाजमा पापको रुपमा हेरिएको छ। पुर्नजन्मको पाप हो त्यो बेला नारी अछुत हुन्छे भन्ने बुझाइ अझै समाजमा बिधमान छ। हाम्रा आमा, दिदी , बहिनी , छोरी चेलिहरु चरम पिडाको सिकार बनिरहेका छन। यसलाइ विभिन्न समाजमा विभिन्न शब्दमा अभिब्यत्त गरिन्छ। अङ्ग्रेजी शब्द Menstruation महिनावारी, रजस्वला , पर सर्नु ,नछुने हुनु , बाहिर सर्नु , मिन्स हुनु आदि त्यस्तै गरि जातजाती अनुसार पनि यसलाई विभिन्न नामले नामाकरण गरिएको छ। कति पय समुदायमा छुइ बार्ने चलन छैन। तर पनि छुइ हुँदा पुजाआजामा सहभागी नहुने र चोखो कुरा छुन हुँदैन भन्ने मान्यता अझै पनि कायमै छ। यो एउटा विभेद हो र छुइको नाममा महिला माथी हुने हिंसा हो। महिलालाई शारिरिक, मानसिक रूपमा दिइने यातना हो।

नेपालको संविधानमा मौलिक हकको रुपमा लैङ्गकि समानताका आधारमा हिंसा तथा विभेद गर्न पाइदैन भनिएको छ । यो कुरा संविधानमा सिमित रहेको छ तर कहिले पनि व्यबहारमा नेपाली समाजले उतार्न सकिरहेको छैन ।संविधानको धारा १६ अन्तर्गत सम्मान पुर्बक जिउन पाउने आधिकारलाइ पनि प्रत्याभुत गरेको छ। वास्तबमा विश्वको मानव अधिकारको इतिहास हेर्ने हो भने छुइप्रथाको विषयले कहिल्यै स्थान पाएको देखिदैन । रजस्वला एक शारिरिक परिवर्तन मध्येको एउटा प्रक्रिया हो। कुनै पनि धर्मशास्त्रमा छाउपडिको रजस्वला हो भनेर उल्लेख गरेको छैन। अलग्गै घरमा राखेर छुइको समय कटाउने नियम पनि उल्लेख गरेको छैन। तर आधुनिक युगमा हामी छुवाछूत , छुनहुने र नहुने कुरामा वकालत कहिले पनि गर्दैनौं किन ?

विशेषत नारीले आफ्ना खानपान आहार बिहार अनि आरामतय गरेर आफ्नो स्वास्थ्यको ख्याल राख्न सक्ने भएको हुँदा महिलाहरुले छुवाछुतको पछि लागिरहनु पर्दैन। हाम्रो धर्मशास्त्रले पनि शुद्धता र सरसफाइमा मात्र ध्यान दिने कुरा उल्लेख गरेको छ। यति हुँदा हुँदै पनि हाम्रो समाजमा छुइको समयमा एउटि आमालाइ भर्खरै जन्मिएको बच्चासङ्ग पनि अलग गराइ छुन नदिरहनु संस्कार होइन।यो त झन ठुलो अपराध र अमानवीय व्यबहार हो। तेति मात्र नभएर अझै पनि कतै कतै हाम्रा आमाहरुले हामीलाई रजस्वलाको समयमा छुन हुदैन छोएको समान, फलफूल , तरकारी सबै कुहिन्छ, बिग्रन्छ भन्ने आवजले मलाइ भक्कानो छुटेर आउँछ। त्यसैगरि यो समयमा आराम भन्दा पनि खेतबारिका अन्य कामहरु बढी लागाउने प्रचलन ठाँउ ठाँउमा अझै देखिएको छ। छुइको समयमा मन्दिर जान नदिनु, पुजा आजा गर्न नदिनु र कुनै परपुरुषलाइ छुन नदिनु पनि सनातन् संस्कारको जरासम्म ज्ञान र दृस्टी नपुग्नुको उपज हो।

यसैगरि सुदुरपश्चिमका केही जिल्लाहरुमा जरो गाडेर बसेको सामाजिक विकृतिको छाउपडि कुप्रथा पनि अहिले सम्म समाजबाट बहिस्कार हुन सकेको छैन। कतिपय ठाँउमा छाउगोठ भत्काइएको छ तर पनि यो समाज अझै पनि भिर, पाखा र ढुङ्गाको ओडार खोजिरहेको छ। छाउपडिमा महिलाहरु अपहेलित हुने, उनिहरुको स्वास्थ्यमा समस्या आउने र ज्यानै जाने घटना त एकातिर छ्दैछ भने अर्कोतिर बलात्कारका घटनाहरु पनि दोहोरिरहेका छ्न्। महिला विरुद्ध हुने विभिन्न हिंसाहरु मध्ये छुइप्रथा पनि महिला हिंसाको प्रमुख कारण हो। रजस्वला महिलाको प्रजननसङ्ग जोडीने विषय हो तर रुढीबादी अन्धविस्वासका कारण छुइप्रथा अहिले सम्म पनि महिला हिंसाको मुख्य कारण बनिरहेको छ।

यो समाजमा अझैसम्म रजस्वला (महिनावारी) बारे के हो र यसबाट कस्तो किसिमको समस्या देखिन्छ र यस्तो बेलामा के गर्न हुन्छ के गर्न हुँदैन र भनेर हाम्रा आमाहरुले हामिलाई अहिले सम्म पनि खुलेर भन्न सकिरहेका छैनन्। त्यस्तैगरि एस्तो जटिल समस्या छोरिहरुले आफ्नै आमालाइ पनि खुलेर बताउन नसक्ने समाजिक मुल्यमान्यता नेपाली समाजमा अझै पनि छ। अन्त्यमा छुइप्रथा नितान्त सामान्य अनि छुवाछूत भन्दा पनि शुद्धतालाई प्राथमिकता दिदै महिलाको रजस्वला अबधीभर आराम र ख्याल गर्ने बाताबरण सृजना हुनुपर्छ। नारीहरु भनेका सृष्टिका प्रतिमुर्ति हुन् । नारीहरु शक्तिका खानी र देबिका रुप हुन् । त्यसैले त हाम्रो धर्मशास्त्रमा पनि भनिएको छ।

या देबि सर्वभुतेसु शक्तिरुपेण संस्थिता !!
नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमोनम !!

मानव सृष्टि नारिहरु बिना सम्भव छैन र हामिले राजस्वलालाई लुकाएर अनि छुवाछूतको रुपमा हेरेपनी सृष्टिको पहिलो र पुन्य गुण नै नारिहरुको रजस्वला हो। शास्त्रमा जे जस्तो भनिएको भए पनि महिनाको चार पाँच दिन महिलाले अनिवार्य रुपमा विश्राम गर्नु पर्ने नियम बनाएको हो भन्ने सबैको बुझाइ हुनु पर्छ। यसकारण पुरानो मुल्य मान्यता, अन्धविस्वास र रुढीबादी सोचलाई परिवर्तन गरि छुइप्रथाको विषयमा खुल्ला रुपमा बहस र गहन अनुसन्धान हुन आवश्यक छ।

 

लेखक आर आर क्याम्पस मानवशास्त्र केन्द्रिय बिभागमा स्नातकोत्तर तहमा अध्ययनरत छिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय