खै के भैरहेको छ य‍ो देशमा

जता पनि पहुँचमा मात्र हुन्छ काम

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

पहुँच र पावरबिहिनहरुको त

मुखामुख गरेर बस्नु बाहेक छैन अर्को काम १

उता सडक–सडकमा, टोल(टोलमा

रुद्र घण्टी फुटुन्जेल

लगाइन्छ नारा–समानताको

यता पहुँच र पावर बिना

हुँदैन एउटा सिन्को भाँच्ने काम

पहुँच र पावरबिहिनहरुको त

मुखामुख गरेर बस्नु बाहेक छैन अर्को काम

यता देश महामारीले थला परिरहेको छ

सरकार चोक(चोकमा टाँसिरहेछ बन्दाबन्दीको सूचना

अनुशासनका साथ हरेक सूचनाको पालना गरिरहेछन् सर्वसाधरण जनता नहुँदा पनि घरमा खाने माम

तर पहुँचवालालाई खै नियम र कानून ?

एक कल फोनको भरमा गरिरहेछन्–

सडकमा गाडी दौडाउने काम

पहुँच र पावर बिहीनहरुको त

मुखामुख गरेर बस्नु बाहेक छैन अर्को काम

https://www.youtube.com/watch?v=TbFR7mLWejs

नजानेरै गरोस् सर्वसाधारणले सानो गल्ति

हतकडी लगाएर उसलाई जबर्जस्त बनाइन्छ अपराधी

र, त‍ोकिन्छ सजाय

तर उता पहुँचवालाहरु अपराधी हुन् वा बलात्कारी

अथवा कालोबजारी हुन् वा अबैध तस्करी

एक कल फोनकै भरमा हुन्छ छुटाउने काम

पहुँच र पावरबिहीनहरुको त

मुखामुख गरेर बस्नु बाहेक छैन अर्को काम

हे सरकार !

पहुँचवालाको मात्र किन हुँदैछ यहाँ जात्रा देखाउने काम

भन, संविधानमा लिखित समानताका

ती धारा, उपधाराको कहिले हुन्छ लागू गर्ने काम ?

खै के भैरहेको छ य‍ो देशमा

जता पनि पहुँचमा मात्र हुन्छ काम

पहुँच र पावरबिहिनहरुको त

मुखामुख गरेर बस्नु बाहेक छैन अर्को काम १

https://www.youtube.com/watch?v=TbFR7mLWejs