चर्चित हास्य कलाकार तथा साहित्यकार हरिबंश आचार्य झापाको दमक स्थित दमक पब्लिक लाइब्रेरीमा बिहान आएर पठन सस्कृतीको बिकास बढ्दै जाँदा साहित्य क्षेत्र पनि ब्यवसायिक बन्दै गएको बताएकाछन् ।
उनले आफ्नो कृति चिना हराएको मान्छे र हरीबहादुरको बिषयमा समेत जानकारी गराएका थिए । त्यो जानकारी गराउदा सहभागिहरु रुन नै खाजेका थिए । भावुक बनेका थिए ।
उनले आफ्ना बिगतका दिन सम्झैदै आँखाभरी आँशु पनि पारे । उनले आफ्नो करिब ४५ मिनेटको मन्तब्य पछि हरीबहादुरको पात्रमा आधारित रहेर एउटा हास्य प्रस्तुती पनि दिए ।
पब्लिक लाइब्रेरीमा भावुक भएर हरिबंश आचार्यको कथा ब्यथा सुनेकाहरु उक्त प्रस्तुतीले मज्जाले हाँसे । कार्यक्रम दमक पब्लिक लाइब्रेरीका अध्यक्ष भेषराज न्यौपानेको अध्यक्षतामा भएको थियो ।
https://youtu.be/3q71QTVViwU









